2026-09-26 09:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो

पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरानो तनाव पुनः तीव्र बनाएको छ । पछिल्ला हप्तामा भएका सीमा झडप र बम विस्फोटपछि स्थायी युद्धविरामको आशामा गम्भीर धक्का पुगेको बताइएको छ ।

अक्टोबर ९ मा काबुलमा भएको विस्फोटमा ७० जनाभन्दा बढीको मृत्यु र सयौँ घाइते भएपछि तालिबानले पाकिस्तानमाथि दोषारोपण गरेको थियो । त्यसपश्चात् बढ्दो हिंसालाई नियन्त्रण गर्न दुवै पक्षले कतार र टर्कीको मध्यस्थतामा इस्तानबुलमा चारदिने वार्ता गरेका थिए ।

पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले एक्समा लेख्दै भन्नुभयो, “दुर्भाग्यवश, अफगान पक्षले कुनै ठोस आश्वासन दिएन । उनीहरूले मुख्य विषयबाट ध्यान हटाएर दोषारोपण र षड्यन्त्रको बाटो रोजे ।” उहाँका अनुसार वार्ताले कुनै व्यावहारिक परिणाम ल्याउन सकेन ।

तरारले पाकिस्तानले शान्तिपूर्ण समाधानका लागि गम्भीर पहल गरेको तर काबुलले पाकिस्तानविरुद्ध सक्रिय आतङ्ककारी समूहहरूलाई निरन्तर सहयोग गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “हामी आतङ्कवादको खतराबाट जनतालाई जोगाउन आवश्यक सबै उपाय जारी राख्नेछौँ ।”

यसैबीच रक्षामन्त्री ख्वाजा आसिफले पनि चेतावनी दिंदै भन्नुभयो, “यदि पाकिस्तानमा पुनः कुनै आत्मघाती हमला वा आतङ्कवादी आक्रमण भयो भने त्यसको परिणाम कडाइका साथ भोग्नुपर्छ ।”

अफगानिस्तानतर्फबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । तर अफगान गृह मन्त्रालयका प्रवक्ता अब्दुल मतीन कानीले स्थानीय मिडियालाई भन्नुभएको छ, “हाम्रो जवाफ पाकिस्तानका लागि पाठ र अरूका लागि सन्देश हुनेछ ।”

दुई देशबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा झन् तनावपूर्ण बनेको छ । पाकिस्तानले अफगान भूमिमा रहेका तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जस्ता समूहहरूलाई तालिबान सरकारले शरण र सहयोग दिएको आरोप लगाउँदै आएको छ । तालिबानले भने यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ ।

पाकिस्तानी सुरक्षा स्रोतका अनुसार वार्ताको प्रारम्भमा अफगान प्रतिनिधिमण्डलले टिटिपीविरुद्ध कारबाही गर्न सहमति जनाए पनि पछि आफ्नो धारणा परिवर्तन गर्‍यो । उक्त परिवर्तन काबुलको राजनीतिक निर्देशनपछि आएको दाबी गरिएको छ ।

अक्टोबर ९ को विस्फोट अफगान विदेशमन्त्री अमिर मुत्ताकीको भारत भ्रमणकै बीचमा भएको थियो । त्यसपछि तालिबानले सीमा आक्रमण गरेको र पाकिस्तानले जवाफी कारबाही गरेको थियो ।

कतार र टर्कीको पहलमा दोहामा भएको वार्तापछि १९ अक्टोबरमा अस्थायी युद्धविराम घोषणा गरिएको थियो, तर त्यसअघि भएको ४८ घण्टे प्रारम्भिक युद्धविराम समेत स्थायी बन्न सकेको थिएन ।

दुई देशबीचको सीमा दुई हप्ताभन्दा बढी समयदेखि बन्द छ । पाकिस्तानले केवल निष्कासित अफगान नागरिकहरूलाई फर्किन अनुमति दिएको छ । अफगान सहर स्पिन बोल्डकमा फलफूल बोकेका ट्रकहरू कुहिन थालेका छन् । चालक गुलले भन्नुभयो, “५०–६० ट्रकहरू रोकिने अवस्थामा छन्, स्याउ र अनार सडिरहेका छन् । हामी सरकारसँग सीमा खोल्न आग्रह गर्छौं ।”

संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएएमए) का अनुसार गत हप्तामा मात्र अफगानिस्तानमा कम्तीमा ५० नागरिक मारिएका र ४४७ जना घाइते भएका छन् । पाकिस्तानले पनि १२ अक्टोबरमा २३ सैनिकको मृत्यु र २९ जना घाइते भएको पुष्टि गरेको छ, तर नागरिक हताहतको विवरण सार्वजनिक गरेको छैन ।

यो असफल वार्ताले दक्षिण एसियाका दुई इस्लामिक राष्ट्रबीचको सम्बन्ध पुनः सङ्कटमा धकेलेको छ । त्यहाँ दशकौँदेखि चल्दै आएको अविश्वास र सीमा विवाद अझ गहिरो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह