2026-09-26 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रपति ट्रम्पद्वारा भेनेजुएलामाथि अमेरिकी आक्रमणको सम्भावना अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लागुऔषध तस्करी नियन्त्रण गर्न अमेरिकी सैन्य आक्रमण गर्ने कुनै पनि योजनालाई स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ । उहाँको यो अभिव्यक्ति भेनेजुएलामा कोकेन उत्पादन केन्द्र र तस्करी मार्गहरूलाई लक्षित गर्ने अमेरिकी योजना तयार भइरहेको भन्ने रिपोर्टहरू सार्वजनिक भएपछि आएको हो ।

उक्त रिपोर्टहरू सत्य हुन् कि होइनन् भनी पत्रकारहरूले सोधेको प्रश्नमा राष्ट्रपति ट्रम्पले संक्षेपमा उत्तर दिनुभयो, “होइन, यो सत्य होइन ।”

गत हप्ता अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अमेरिकी नौसेनाको अत्याधुनिक विमानवाहक समूह युएसएस जेराल्ड आर फोर्डलाई युरोपबाट क्यारिबियन क्षेत्रतर्फ सर्न आदेश दिनुभएको थियो । यो कदमपछि अमेरिकी सैन्य गतिविधि भेनेजुएलासँग सम्बन्धित हुनसक्ने अड्कलहरू बढेका थिए ।

यसअघि अमेरिकी सिनेटर लिन्डसे ग्राहमले पनि भेनेजुएलामाथि सम्भावित भूमि आक्रमणलाई ‘वास्तविक विकल्प’ भन्दै चेतावनी दिनुभएको थियो । उहाँका अनुसार वासिङ्टनले ल्याटिन अमेरिकामा फैलिएका नार्को–तस्करी सञ्जालहरू विरुद्धको अभियानलाई अझ सशक्त बनाउन खोजिरहेको छ ।

सिबिएस न्युजसँग कुरा गर्दै सिनेटर ग्राहमले भन्नुभएको थियो, “राष्ट्रपति ट्रम्पले मलाई हिजो नै भन्नुभयो कि उहाँ एसियाबाट फर्किएपछि कङ्ग्रेसका सदस्यहरूलाई भेनेजुएला र कोलम्बियासँग सम्बन्धित सम्भावित सैन्य योजनाबारे जानकारी दिने सोचमा हुनुहुन्छ ।”

यसबीच, अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रका समुद्री मार्गहरूमा लागुऔषध तस्करीमा संलग्न भनिएका डुङ्गाहरूमा हवाई आक्रमणलाई निरन्तरता दिइरहेको छ ।

बुधबार युद्धमन्त्री हेगसेथले पूर्वी प्रशान्त क्षेत्रमा भएको पछिल्लो हवाई आक्रमणबारे जानकारी दिँदै उक्त आक्रमणमा लागुऔषध बोकिरहेको एउटा डुङ्गा लक्षित गरिएको, जसमा चार व्यक्तिको मृत्यु भएको बताउनुभयो । सेप्टेम्बरको सुरुदेखि यो १४औँ हवाई प्रहार हो र यस क्रममा १५औँ डुङ्गा नष्ट गरिएको बताइएको छ । यी अपरेसनहरूबाट अहिलेसम्म कम्तीमा ६१ जनाको मृत्यु भइसकेको छ ।

यस घटनाक्रमप्रति संयुक्त राष्ट्रसङ्घले गम्भीर चासो व्यक्त गर्दै अमेरिकालाई तत्काल यस्ता हवाई आक्रमण रोक्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कले भन्नुभयो, “सेप्टेम्बरको सुरुदेखि क्यारिबियन र प्रशान्त क्षेत्रमा अमेरिकी सशस्त्र बलले गरेको निरन्तर हवाई आक्रमणमा ६० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसका लागि अन्तर्राष्ट्रिय कानूनमा कुनै स्पष्ट औचित्य देखिँदैन ।”

उहाँले भन्नुभयो, “यी आक्रमणहरू र तिनको बढ्दो मानवीय मूल्य अस्वीकार्य छन् । अमेरिकाले तुरुन्तै यी आक्रमणहरू रोक्नुपर्छ र ती डुङ्गाहरूमा रहेका मानिसहरूको गैरन्यायिक हत्या रोक्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्छ — उनीहरूविरुद्ध आपराधिक आचरणको आरोप जेसुकै किन नहोस् ।”

राष्ट्रपति ट्रम्पको भेनेजुएला आक्रमण अस्वीकार सम्बन्धी अभिव्यक्तिलाई राजनीतिक विश्लेषकहरूले अमेरिकाको क्षेत्रीय रणनीतिमा सावधानीपूर्वक सन्तुलन कायम गर्न खोजेको सङ्केतका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह