2026-09-26 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड

काठमाडौँ | एसिया–प्रशान्त क्षेत्रका २१ राष्ट्रका उच्च नेताहरूले शनिबार आफ्नो वार्षिक एपेक शिखर सम्मेलन सम्पन्न गर्दै क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता जनाएका छन् ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच व्यापार युद्ध अन्त्य गर्न सहमति भएको केही दिनपछि आएको हो ।

दुई दिनसम्म दक्षिण कोरियाको ऐतिहासिक सहर ग्योङ्जुमा चलेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेताहरूले विश्वव्यापी आर्थिक चुनौतीहरू पार गर्न सहयोग र बहुपक्षीयतामा जोड दिएका छन् । उनीहरूले विश्वको दुई ठूला अर्थतन्त्र — अमेरिका र चीन — बीचको तनावले प्रभावित भएको आर्थिक सन्तुलन पुनःस्थापना गर्न सँगै अघि बढ्ने दृढता व्यक्त गरेका छन् ।

गत बिहीबार ट्रम्प र सीले एपेक शिखर सम्मेलनको साइडलाइनमा भेट गरी अघिल्ला व्यापार अवरोधहरू फिर्ता लिने र तनाव घटाउने सहमति गर्नुभएको थियो । बहुपक्षीयतामा सशङ्कित मानिनुभएका ट्रम्पले उक्त सहमति भएपछि दक्षिण कोरियाबाट शीघ्र प्रस्थान गर्नुभयो । यसले चिनियाँ राष्ट्रपतिलाई सम्मेलनमा अग्रपङ्क्तिको भूमिका दिलायो ।

संयुक्त वक्तव्यमा भनिएको छ, “विश्वव्यापी व्यापार प्रणालीले अहिले गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ । एसिया–प्रशान्त क्षेत्रको विकास र समृद्धिका लागि बलियो व्यापार र लगानी अपरिहार्य छ भन्ने हाम्रो साझा विश्वास पुनः पुष्टि गर्दछौँ ।”

दक्षिण कोरियाको नेसनल डिप्लोमेटिक एकेडेमीका प्राध्यापक जोङहुन मिनका अनुसार वक्तव्यले ‘स्वतन्त्र र खुला व्यापार’ का प्रत्यक्ष शब्दहरू परहेज गरे पनि आर्थिक सहकार्य र बहुपक्षीय मूल्यहरूलाई समेट्न सफल भएको छ । उहाँका शब्दमा, “यसलाई पूर्णरूपमा बेवास्ता गर्न सम्भव थिएन ।”

वक्तव्यमा एपेक सदस्य राष्ट्रहरूले सन् २०२० मा स्वीकृत पुत्रजया भिजन २०४० प्रति प्रतिबद्धता पुनः दोहोर्‍याएका छन्, जसले स्वतन्त्र, खुला, निष्पक्ष र पारदर्शी व्यापार वातावरणको लक्ष्य राख्दछ ।

– सी जिनपिङको प्रमुख भूमिका –

शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘विश्वव्यापी स्वतन्त्र व्यापार र आपूर्ति शृङ्खलाको स्थिरता’ लाई समर्थन गर्ने घोषणा गर्नुभयो । उहाँले एपेकसँगै आयोजित सिइओ शिखर सम्मेलनमा पठाएको सन्देशमा भन्नुभयो, “चीनमा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो ।”

शुक्रबार सीले जापान, क्यानाडा र थाइल्यान्डका प्रधानमन्त्रीहरूसँग द्विपक्षीय भेट गर्नुभयो र शनिबार दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग भेट तय भएको थियो । सियोलका अधिकारीहरूका अनुसार उक्त भेटमा कोरियाली प्रायद्वीपको आणविक निःशस्त्रीकरण प्रमुख एजेन्डा थियो ।

तर सो विषयले उत्तर कोरियाको कडा प्रतिक्रिया जन्मायो । उत्तर कोरियाका उपविदेशमन्त्री पाक म्योङ होले दक्षिण कोरियाको ‘आणविक निःशस्त्रीकरणको दिवास्वप्न’ भनेर व्यङ्ग्य गर्नुभयो र चेतावनी दिनुभयो, “हामीले देखाउनेछौँ यो सपना कहिल्यै साकार हुँदैन ।”

राष्ट्रपति लीले भने कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता स्थापना एसिया–प्रशान्त क्षेत्रको समृद्धिको पूर्वशर्त रहेको बताउँदै उत्तर कोरियासँग मेलमिलापका लागि थप सक्रिय कदम चाल्ने घोषणा गर्नुभयो ।

– एआई र जनसाङ्ख्यिकीय चुनौतीमा छलफल –

शुक्रबारको सत्र व्यापार र लगानीमा केन्द्रित रहे पनि शनिबारको बैठकमा कृत्रिम बौद्धिकता (एआई), जनसाङ्ख्यिकीय चुनौती र सांस्कृतिक उद्योगमा सहकार्यका विषयमा गहन छलफल भयो ।

नेताहरूले दुई पृथक वक्तव्य जारी गर्दै ती विषयहरूमा साझा दृष्टिकोण प्रस्तुत गरे । पहिलो वक्तव्यले एआईलाई द्रुत रूपमा बढ्दै गएको डिजिटल वातावरणमा ‘संभावित आर्थिक उत्प्रेरक’ का रूपमा व्याख्या गर्दै समन्वित नीतिको आह्वान गर्‍यो । दोस्रो वक्तव्यले घट्दो जन्मदर, वृद्ध जनसङ्ख्या र तीव्र सहरीकरणजस्ता सामाजिक चुनौतीहरू सामना गर्न सहकार्यको आवश्यकता औँल्यायो ।

सन् १९८९ मा स्थापित एपेकले स्वतन्त्र र खुला व्यापारलाई प्रोत्साहन गर्दै क्षेत्रीय आर्थिक एकीकरणको उद्देश्य राखेको छ । यद्यपि हालका वर्षहरूमा अमेरिका–चीन प्रतिस्पर्धा, आपूर्ति शृङ्खला अवरोध, वृद्ध जनसङ्ख्या र रोजगारीमा एआईको प्रभावजस्ता चुनौतीहरूले यस क्षेत्रलाई गम्भीर रूपमा प्रभावित पारिरहेका छन् ।

हाल अमेरिकी नीति चीनसँग सहकार्यभन्दा बढी आर्थिक प्रतिस्पर्धातर्फ मोडिएको छ । राष्ट्रपति ट्रम्पको ‘अमेरिका फर्स्ट’ एजेन्डा र बढ्दो कर नीतिले विश्व बजारमा अस्थिरता सिर्जना गरेको छ र दशकौँको विश्वव्यापीकरण र बहुपक्षीयताको धारालाई चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह