2026-07-27 07:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गर्नुभएको छ । उहाँले यो विषयलाई अन्य शक्तिशाली राष्ट्रहरूबीचको व्यापक प्रतिस्पर्धात्मक ढाँचाको रूपमा प्रस्तुत गर्दै अमेरिकाले पनि आफ्ना आणविक परीक्षणहरू पुनः सुरु गर्नु अपरिहार्य भएको बताउनुभयो ।

सिबिएस न्युजको ‘६० मिनेट्स’ कार्यक्रममा आइतबार प्रसारण गरिएको अन्तर्वार्तामा ट्रम्पले रुस, चीन, उत्तर कोरिया र पाकिस्तानलगायतका देशहरूले निरन्तर आणविक परीक्षण गरिरहेको दाबी गर्नुभयो । उहाँका अनुसार, अमेरिका मात्रै यस्तो राष्ट्र बनेको छ जसले परीक्षण नगर्ने नीतिलाई निरन्तरता दिएको छ ।

“रुसले परीक्षण गर्छ, चीनले पनि गर्छ, तर उनीहरूले त्यसबारे बोल्दैनन् । हामी भने खुला समाज हौँ, हामी फरक छौँ । हामीले यसबारे जनतालाई जानकारी दिनैपर्छ, किनभने पत्रकारहरूले यो विषयमा रिपोर्ट गर्छन् । अन्य देशमा त पत्रकारहरूले यसबारे लेख्न पनि पाउँदैनन्”, उहाँले भन्नुभयो, “हामी पनि परीक्षण गर्न जाँदैछौँ, किनभने अन्य सबै राष्ट्रहरूले गरिरहेका छन् । निश्चित रूपमा उत्तर कोरियाले गरिरहेको छ र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ ।”

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ३० वर्षभन्दा बढी समयपछि अमेरिका पुनः परीक्षणको तयारीमा रहेको प्रश्नमा उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

ट्रम्पले भन्नुभयो, “रुसले परीक्षण गर्ने घोषणा गरिसक्यो । उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ । अन्य देशहरूले पनि गरिरहेका छन् । परीक्षण नगर्ने एक मात्र देश हामी हौँ र म यस्तो स्थिति रहोस् भन्ने चाहन्न ।”

उहाँले अमेरिकासँग विश्वका सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निःशस्त्रीकरणबारे छलफल गरेको बताउनुभयो ।

ट्रम्पका शब्दमा, “हामीसँग विश्वलाई १५० पटक नष्ट गर्न सक्ने जति हतियारहरू छन् । रुससँग पनि धेरै छन् र चीनले तीव्र रूपमा वृद्धि गरिरहेको छ । उनीहरूसँग अहिले कम भए पनि चाँडै धेरै हुनेछ ।”

यसअघि बिहीबार उहाँले रुसको हालैको उन्नत आणविक प्रणालीको परीक्षणलाई औँल्याउँदै अमेरिकाले तत्काल आणविक हतियार परीक्षण पुनः सुरु गर्ने घोषणा गर्नुभएको थियो । यसले दुई आणविक शक्तिहरूबीचको तनाव पुनः चर्किने सङ्केत दिएको छ ।

एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भन्नुभयो, “आणविक निःशस्त्रीकरण ठूलो कुरा हो, तर जब अरूले परीक्षण गर्छन्, हामीले पनि त्यसको जवाफ दिनैपर्छ । हामीसँग अरू सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामी मात्र परीक्षण नगर्ने राष्ट्र बन्नु उचित हुँदैन ।”

उहाँले परीक्षणका लागि तयारी भइसकेको तर समय र स्थान खुलाउन नमिल्ने जानकारी दिनुभयो ।

विश्वव्यापी आणविक परिदृश्य अझ अस्थिर हुनसक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उहाँले जवाफ दिनुभयो, “मलाई लाग्छ हामीले यसलाई राम्रोसँग नियन्त्रणमा राखेका छौँ ।”

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सन् २००० मा हस्ताक्षर गरिएको ‘प्लुटोनियम डिस्पोजल सम्झौता’ औपचारिक रूपमा समाप्त गर्ने कानूनमा हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौताले दुवै राष्ट्रलाई सैन्य प्रयोजनका लागि आवश्यक नभएको ३४ टन हतियार–ग्रेड प्लुटोनियम नष्ट गर्न बाध्य बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली