2026-09-26 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ

रूसी आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारमा प्रहार गर्दा एक जनाको मृत्यु हुनुका साथै उर्जा क्षेत्र प्रभावित हुदा धेरै क्षेत्रमा बिजुली कटौती गरिएको किएभका अधिकारीहरूले शनिबार बताएका छन् ।

पछिल्लो समयमा मस्कोले युक्रेनका ऊर्जा पूर्वाधार लक्षित आक्रमण बढाएकाले मुख्य इन्धन उत्पादन गर्ने प्राकृतिक ग्यास सुविधाहरूलाई क्षति पुर्याएको जनाइएको छ ।

विशेषज्ञहरूले युक्रेनमा जाडो महिना अघि नै उर्जा जोखिम रहेको बताएका छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो आक्रमण गरेको कारण, युक्रेनका धेरै क्षेत्रहरूमा आपतकालीन बिजुली कटौती गरिएको “ऊर्जा मन्त्री स्विटलाना ग्रिन्चुकले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ । उहाँले “ऊर्जा प्रणालीको अवस्था स्थिर भएपछि विद्युत प्रवाह निरन्तर गर्नेसमेत बताउनु भएको छ ।

उत्तरपूर्वी खार्किव र दक्षिणी ओडिसाका अधिकारीहरूले ऊर्जा सुविधाहरूमा ड्रोन आक्रमण गरेको रिपोर्ट गरेसँगै युक्रेनमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो ।

आपतकालीन सेवाका अनुसार पूर्वी सहर डिनिप्रोमा भएको ड्रोन आक्रमणले एउटा भवनमा क्षति पुग्दा एक महिलाको मृत्यु हुनुका साथै छ जना घाइते भएका छन् ।

राजधानी किभमा नागरिक र सैन्य अधिकारीहरूले मध्य पेचेस्र्की जिल्लाका दुई स्थानमा आक्रमणका कारण आगलागी भएको बताएका छन् ।

शुक्रबारको ड्रोनले आक्रमणले युक्रेनको दक्षिणी ओडिसाको ऊर्जा पूर्वाधारमा पनि प्रहार गरेको गभर्नर ओलेग किपरले टेलिग्राम मार्फत बताउनु भएको छ ।

किभको स्कूल अफ इकोनोमिक्सले एक प्रतिवेदन मार्फत रूसी आक्रमणले युक्रेनको प्राकृतिक ग्यास उत्पादन आधा बन्द गरेको जनाएको छ ।

शुक्रबार दक्षिणी रूसको भोल्गोग्राड क्षेत्रको ऊर्जा पूर्वाधारमा भएको ड्रोन आक्रमणले त्यस क्षेत्रमा पनि बिजुली कटौती गरेको गभर्नर आन्द्रेई बोचारोभले टेलिग्राम मार्फत जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह