2026-08-22 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते

भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूह बिच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ । प्रहरीका अनुसार घाइतेहरूमा केही प्रहरीहरू पनि रहेका छन् ।

आसामको कार्बी आङ्लोङ जिल्लामा दुई लडाकु आदिवासी समूह बिच झडप भएको बताइएको छ । एउटा आदिवासी समूहले अर्को समूहका मानिसहरू बाहिरी भएको आरोप लगाए र उनीहरूलाई क्षेत्रबाट निष्कासन गर्न माग गरे ।

हिन्दुस्तान टाइम्सको एक अनलाइन रिपोर्ट अनुसार, प्रदर्शनकारीहरूको एउटा समूहले व्यावसायिक चरा आरक्ष र गाउँ चरा आरक्ष भूमिबाट कथित “अवैध बसोबास गर्नेहरू“ लाई निष्कासन गर्न माग गर्दै विगत दुई हप्तादेखि भोक हडताल गरेको थियो ।

भिडले कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलिराम रोङ्हाङको घर जलाए, जसले गर्दा खेरोनी र डोङ्कामोकमसहित धेरै क्षेत्रमा अशान्ति फैलिएको जनाइएको छ ।

पछिल्ला केही दिन देखि हिंसात्मक घटनाहरूको श्रृङ्खलामा, विद्रोहि समूहका व्यक्तिहरूले कार्बी आङ्लोङमा विपक्षी समूहका मानिसहरूका धेरै पसलहरू जलाएको जनाइउको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो