2026-10-21 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

कम्बोडियाले बुधबार थाई सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको बताएको छ भने थाई सेनाले जवाफमा तैनाथ क्लस्टर बमहरू विशेष गरी सैन्य केन्द्रहरूमा लक्षित गरी खसालेको जनाएको छ ।

थाई सेनाले बटामबाङ प्रान्तको नागरिकको आवासिय क्षेत्रमा चारवटा बम खसाल्न लडाकू जेटहरू प्रयोग गरेको कम्बोडियाको रक्षा मन्त्रालयले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यसै बिच “कम्बोडियन माइन एक्सन एन्ड भिक्टिम असिस्टेन्स अथोरिटी” ले मङ्गलबार थाइल्यान्डले नागरिक क्षेत्रमा वा नजिकै क्लस्टर हतियार र विषाक्त ग्यास प्रयोग गरेको रिपोर्टमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।

रोयल थाई आर्मीका प्रवक्ता विन्थाई सुवारीले बुधबार कम्बोडियाले दावी गरेको क्लस्टर बमहरू सैन्य लक्ष्यहरू विरुद्ध प्रयोग गरिएको बताउदै यसले नागरिकहरूलाई कुनै हानि नपुर्याउने बताउनु भएको छ ।

विन्थाईले क्लस्टर सम्बन्धी कन्भेन्सनले पक्षहरूलाई त्यस्ता हतियारहरू प्रयोग गर्न, उत्पादन गर्न वा भण्डारण गर्न निषेध गर्दछ, तर थाइल्यान्ड र न त कम्बोडिया कन्भेन्सनको पक्ष राष्ट्रहरु नभएकाले उनीहरुलाई यो बाध्यकारी छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ