By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > मुख्य समाचार > नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण
मुख्य समाचारविश्व

नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण

साझासवाल
Last updated: December 26, 2025 12:55 pm
साझासवाल
4 Min Read
Share

राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरपश्चिमी नाइजेरियामा इसाई समुदायमाथि भइरहेको कुनै पनि प्रणालीगत आक्रमणप्रति कडा चेतावनी दिनुभएको केही हप्तापछि अमेरिकी सेनाले क्रिसमसको दिन इस्लामिक स्टेट (आइएस) समूहका लडाकूहरूविरुद्ध ‘शक्तिशाली र घातक’ सैन्य आक्रमण सुरु गरेको बताइएको छ ।

नाइजेरियाको विदेश मन्त्रालयले शुक्रबार बिहान जारी गरेको विज्ञप्तिमा उक्त हवाई आक्रमणको पुष्टि गर्दै यसलाई देशभित्रका ‘आतङ्कवादी लक्ष्यहरूमा गरिएको सटीक आक्रमण’ भनेर वर्णन गरेको छ । मन्त्रालयका अनुसार यो कारबाही नाइजेरियाको अनुरोध र अन्तर्राष्ट्रिय साझेदारीको सन्दर्भमा सम्पन्न भएको हो ।

अमेरिकी रक्षा मन्त्रालयअन्तर्गतको युएस अफ्रिका कमान्डले इस्लामिक स्टेट समूहको संक्षिप्त नाम प्रयोग गर्दै नाइजेरियाली अधिकारीहरूको अनुरोधमा सोकोटो राज्यमा गरिएको आक्रमणमा ‘धेरै आइएसआइएस आतङ्कवादी’ मारिएको जनाएको छ । तर कति जना मारिए भन्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति ट्रम्पले यस आक्रमणबारे प्रतिक्रिया दिँदै आफूले यसअघि नै ती आतङ्ककारीहरूलाई इसाईहरूको हत्या रोक्न चेतावनी दिएको स्मरण गराउनुभएको छ । उहाँले भन्नुभएको छ, “यदि उनीहरूले इसाईहरूको हत्या रोकेनन् भने नरक देख्नेछन् भनेको थिएँ र आज राति त्यही भयो ।”

उहाँले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ, “मारिएका आतङ्ककारीहरूसहित सबैलाई मेरी क्रिसमस । यदि इसाईहरूको हत्या जारी रह्यो भने अझ धेरै कारबाही हुनेछन् ।”

यसैबीच, अमेरिकी रक्षा अधिकारीहरूले पछि अमेरिकी झण्डा फहराइरहेको युद्धपोतको डेकबाट रातको समयमा क्षेप्यास्त्र प्रक्षेपण भएको जस्तो देखिने भिडियो सार्वजनिक गरेका छन् ।

ट्रम्पको नेतृत्वमा नाइजेरियामा अमेरिकी सेनाले गरेको यो पहिलो प्रत्यक्ष सैन्य आक्रमण हो । यसअघि अक्टोबर र नोभेम्बर महिनामा रिपब्लिकन नेताका रूपमा उहाँले नाइजेरियामा इसाईहरूले ‘अस्तित्वको खतरा’ सामना गरिरहेको भन्दै त्यहाँका असङ्ख्य सशस्त्र द्वन्द्वलाई ‘नरसंहार’ का रूपमा व्याख्या गर्नुभएको थियो ।

उक्त कूटनीतिक टिप्पणीलाई केहीले स्वागत गरे पनि अरूले भने अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देशमा धार्मिक तनाव भड्काउन सक्ने भन्दै आलोचना गरेका थिए । नाइजेरियाले विगतमा साम्प्रदायिक हिंसाका गम्भीर घटनाहरू भोग्दै आएको छ ।

नाइजेरियाको सरकार र स्वतन्त्र विश्लेषकहरूले भने देशमा भइरहेको हिंसालाई केवल धार्मिक उत्पीडनको रूपमा चित्रण गर्न अस्वीकार गर्दै आएका छन् । उनीहरूका अनुसार यस्तो व्याख्या संयुक्त राज्य अमेरिका र युरोपका केही इसाई अधिकार समूहहरूले लामो समयदेखि अघि सारेको कथासँग मेल खान्छ ।

यद्यपि, ट्रम्पको प्रशासनले विश्वव्यापी रूपमा इसाई समुदायमाथि उत्पीडन भइरहेको दाबी गर्दै गत महिना यस्ता हत्याको प्रतिकार गर्न नाइजेरियामा सैन्य कारबाही गर्न वासिङ्टन तयार रहेको स्पष्ट पारेको थियो ।

नाइजेरियाको विदेश मन्त्रालयले देश अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गरिरहेको जानकारी दिएको छ । मन्त्रालयले भनेको छ, “नाइजेरियाका अधिकारीहरू आतङ्कवाद र हिंसात्मक चरमपन्थको निरन्तर खतरालाई सम्बोधन गर्न संयुक्त राज्य अमेरिकासहित अन्तर्राष्ट्रिय साझेदारहरूसँग संरचित सुरक्षा सहकार्यमा संलग्न छन् ।”

पेन्टागन प्रमुख पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ‘नाइजेरियाली सरकारको समर्थन र सहयोगका लागि आभारी’ भएको उल्लेख गर्नुभएको छ ।

संयुक्त राज्य अमेरिकाले यस वर्ष नाइजेरियालाई धार्मिक स्वतन्त्रताका सन्दर्भमा ‘विशेष चिन्ता’ को देशहरूको सूचीमा पुनः राखेको छ र नाइजेरियाली नागरिकहरूलाई भिसा जारी गर्ने प्रक्रियामा प्रतिबन्धसमेत लगाएको छ । गत महिना ट्रम्पले अबुजालाई इसाईहरूको हत्या रोक्न असफल भए सबै सहयोग बन्द गरिने चेतावनी दिनुभएको थियो ।

नाइजेरिया करिब समान रूपमा मुस्लिम बहुल उत्तर र मुख्यतः इसाई बहुल दक्षिण भागमा विभाजित छ । देशको उत्तरपूर्वी क्षेत्रमा इस्लामवादी बोको हराम समूहले १५ वर्षभन्दा बढी समयदेखि हिंसा फैलाउँदै आएको छ, जसका कारण ४० हजारभन्दा बढी मानिसको ज्यान गएको र करिब २० लाख मानिस विस्थापित भएका छन् ।

त्यसैगरी, उत्तरपश्चिम, उत्तर र केन्द्रीय नाइजेरियाका ठूला भागहरूमा ‘डाकु’ भनेर चिनिने आपराधिक गिरोहहरू सक्रिय छन् । ती समूहहरूले गाउँहरूमा आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र अपहरण गर्ने गरेका छन् ।

यसै सन्दर्भमा बुधबार उत्तरपूर्वी सहर मैदुगुरीस्थित एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा सात जना उपासकको मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी भने कुनै पनि सशस्त्र समूहले तत्कालै लिएको छैन ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’
Next Article अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचार

मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित

2 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवीन्द्र मिश्रमाथिको थुनछेक बहस सकियो

1 year ago
काठमाडौँ - KTMमुख्य समाचार

तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ, अनावश्यक खर्च गर्नु हुँदैन : डा प्रकाशशरण महत

1 year ago
काठमाडौँ - KTMविश्व

भारतीय प्रधानमन्त्री मोदीले आमासँगै मतदान गरे

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?