2026-10-19 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयासस्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीहरूसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबीच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ ।

विवादित सीमाको उत्तरतर्फ पर्ने चीनको दक्षिणपश्चिमी प्रान्त युनानमा सम्पन्न यो बैठक थाइल्यान्ड र कम्बोडियाले हप्तौँको लडाइँ अन्त्य गर्न नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको दुई दिनपछि भएको हो । ती झडपमा १०० भन्दा बढी व्यक्तिको ज्यान गएको थियो भने लाखौँ मानिस विस्थापित हुन बाध्य भएका थिए ।

चिनियाँ विदेशमन्त्री वाङ यीले बैठकमा क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले युद्ध फेरि भड्कन दिनु दुई देशका जनताको चाहना नभएको र मित्र राष्ट्रका रूपमा चीनले पनि यस्तो अवस्था नचाहेको स्पष्ट पार्दै भविष्यतर्फ ध्यान केन्द्रित गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

यो बैठक चिनियाँ राजधानी बेइजिङभन्दा करिब एक हजार ३०० माइल दक्षिणमा, विवाद नजिकै आयोजना हुनु आफैँमा अर्थपूर्ण मानिएको छ । यसले चीन क्षेत्रीय सङ्कटहरूमा प्रत्यक्ष रूपमा संलग्न हुन चाहेको सङ्केत दिएको विश्लेषण गरिएको छ ।

चिनियाँ दोभाषेका अनुसार कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्नले पछिल्लो युद्धविराम दीगो हुने विश्वास व्यक्त गर्नुभयो र दुवै देशबीच सम्बन्ध सुधार तथा मतभेद समाधानका लागि पहिले सहमति भएका संयन्त्रहरू पुनः सक्रिय हुने वातावरण बन्ने अपेक्षा गर्नुभयो । थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोलले पनि छिमेकी मुलुकसँग शान्तिपूर्ण सहअस्तित्वको आशा व्यक्त गर्नुभएको बताइएको छ ।

थाई विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले स्वेच्छाले शान्ति समर्थन गर्ने मञ्च प्रदान गरेको र थाइल्यान्डले सम्बन्ध सुधार चरणबद्ध रूपमा अघि बढाउने आफ्नो अडान दोहोर्‍याएको जनाएको छ । विज्ञप्तिअनुसार ७२ घण्टाको युद्धविराम अवलोकनपछि थाइल्यान्डले १८ जना सैनिकको रिहाइबारे विचार गर्नेछ भने कम्बोडियाले सीमाबाट थाई नागरिकको सुरक्षित फिर्ती सहज बनाउने पहल गर्नेछ ।

यसअघि शनिबार भएको सम्झौताले जुलाईयता बन्दी बनाइएका कम्बोडियाली सैनिकहरूको रिहाइको माग सम्बोधन गरेको छ, जुन कम्बोडियाको प्रमुख शर्त थियो । सम्झौतामा दुवै पक्षलाई बारुदी सुरुङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना गर्न पनि आह्वान गरिएको छ, जुन थाइल्यान्डको महत्त्वपूर्ण चिन्ताको विषय रहँदै आएको छ ।

चीनले पछिल्ला वर्षहरूमा आफूलाई अन्तर्राष्ट्रिय मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ । एसिया लगायत क्षेत्रीय सङ्कटहरूमा प्रभाव बढाउने उद्देश्यसहित बेइजिङले कूटनीतिक गतिविधि तीव्र बनाएको देखिन्छ ।

यसैबीच, कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सोमबार सीमामा तैनाथ सबै कम्बोडियाली लडाकूहरूलाई सम्बोधन गर्दै दीर्घकालीन युद्धबाट सानो मुलुकले लाभ नपाउने धारणा व्यक्त गर्नुभएको छ । उहाँले लड्ने क्षमता हुँदाहुँदै पनि दीर्घ द्वन्द्वले देशलाई फाइदा नदिने स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ