2026-09-26 04:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकालाई तीन करोडदेखि पाँच करोड ब्यारेल कच्चा तेल उपलब्ध गराउने घोषणा गर्नुभएको छ । उहाँले उक्त तेल बिक्रीबाट प्राप्त हुने आम्दानी दुवै देशका ‘जनताको हितमा’ प्रयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यसै सन्दर्भमा ह्वाइट हाउसले शुक्रबार अमेरिकी तेल कम्पनीका उच्च अधिकारीहरूसँग भेनेजुएलाको विषयमा छलफल गर्न बैठक आयोजना गर्ने जनाएको छ । ट्रम्प प्रशासनले भेनेजुएलाको विशाल तर समस्याग्रस्त तेल उद्योगलाई अमेरिकी लगानी र प्रविधिका लागि अझ खुला बनाउन दबाब दिइरहेको बताइएको छ । यस बैठकमा एक्सन, सेभरन र कोनोकोफिलिप्सका प्रतिनिधिहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

यही दिन काराकासका अधिकारीहरूले कम्तीमा २४ जना भेनेजुएलाका सुरक्षा अधिकारीहरू रातारात मारिएको पुष्टि गरेका छन् । ती अधिकारीहरूलाई अमेरिकी पक्षले राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी संयुक्त राज्य अमेरिकामा लागुऔषधसम्बन्धी अभियोगको सामना गराउन सञ्चालन गरेको सैन्य अपरेसनका क्रममा मृत्यु भएको बताइएको छ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेलसी रोड्रिगेजले ट्रम्पको चेतावनीप्रति कडा प्रतिक्रिया जनाउँदै आफूलाई धम्की दिनेहरूको भाग्य ‘भगवानद्वारा निर्धारित हुने’ बताउनुभयो ।

भेनेजुएलाका महान्यायाधिवक्ता तारिक विलियम साबले उक्त सैन्य कारबाहीमा दर्जनौँ सुरक्षा अधिकारी र सर्वसाधारणको ज्यान गएको र यसलाई अभियोजकहरूले ‘युद्ध अपराध’ का रूपमा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । यसबीच क्युबाको सरकारले भेनेजुएलामा कार्यरत आफ्ना ३२ जना सेना र प्रहरी अधिकारीहरूको मृत्यु भएको पुष्टि गरेको छ ।

पेन्टागनका अनुसार उक्त छापामा सात जना अमेरिकी सैनिक घाइते भएका थिए, जसमध्ये पाँच जना ड्युटीमा फर्किसकेका छन् भने दुई जना उपचाररत छन् । घाइतेहरूमा गोली र विस्फोटका छर्राले लागेको चोट रहेको जनाइएको छ ।

तेल कारोबार हाल प्रतिब्यारेल करिब ५६ डलर रहेको अवस्थामा ट्रम्पले घोषणा गर्नुभएको सम्झौताको कुल मूल्य करिब दुई अर्ब ८० करोड डलर पुग्न सक्ने अनुमान गरिएको छ । यद्यपि भेनेजुएलामा विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार भए पनि देशको दैनिक उत्पादन करिब १० लाख ब्यारेलमा सीमित छ, जुन अमेरिकी उत्पादनको तुलनामा निकै कम हो ।

यसैबीच, ट्रम्पले भेनेजुएलामाथि गरिएको सैन्य अपरेसनको डेमोक्रेटिक आलोचनाको प्रतिवाद गर्दै यसलाई सही कदमको संज्ञा दिनुभएको छ । सन् २०२० मा मदुरोमाथि संयुक्त राज्य अमेरिकाले नार्को–आतङ्कवाद र अन्तर्राष्ट्रिय कोकेन तस्करीको अभियोग लगाएको थियो र उहाँको गिरफ्तारीका लागि पाँच करोड डलर पुरस्कार घोषणा गरिएको छ ।

अमेरिकामा गरिएको पछिल्लो जनमत सर्वेक्षणअनुसार मदुरोको गिरफ्तारीबारे अमेरिकीहरू विभाजित देखिएका छन् । करिब ४० प्रतिशतले अपरेसनको समर्थन गरेका छन् भने लगभग उस्तै प्रतिशतले विरोध जनाएका छन् । धेरैजसो अमेरिकीहरूले भने भेनेजुएलाका जनताले आफ्नो भविष्य आफैँ तय गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

मदुरोको गिरफ्तारीपछि ट्रम्प प्रशासनको कडा विदेश नीतिले विश्वभर चिन्ता बढाएको छ । यसै क्रममा ग्रिनल्यान्डको सार्वभौमसत्ता र कोलम्बियामाथि सम्भावित सैन्य कारबाहीबारे पनि अन्तर्राष्ट्रिय प्रतिक्रिया तीव्र बन्दै गएको छ । युरोपका प्रमुख मुलुकहरूले ग्रिनल्यान्ड डेनमार्ककै स्वशासित क्षेत्र भएको स्पष्ट गर्दै त्यहाँका जनताकै अधिकार सर्वोपरि हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह