२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी

२०८२, २० माघ सोमबार ११:४९

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरु गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो । फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको स्पष्ट पारे ।

उनले सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए । ‘हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन् । केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ । यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो हामीले थाहा पाउनेछौँ,’ ट्रम्पले भने ।

यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई सैन्य कारबाही नगर्न चेतावनी दिएका थिए । अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धमा फस्ने उनको भनाइ थियो । युद्धपोत र लडाकु विमानको धम्कीले इरानी जनता नडराउने भन्दै उनले इरानमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन् ।​ खामेनेईले इरान युद्धको सुरुवातकर्ता नभए पनि कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने बताए ।

उनले अमेरिका इरानका तेल, ग्यास, खनिज स्रोत र भौगोलिक अवस्थाका कारण प्रभुत्व जमाउन खोजिरहेको आरोप समेत लगाए । विगतमा अमेरिका इरानको राजनीति, सुरक्षा र स्रोतसाधनमाथि हाबी रहेको तर अहिले आफ्नो नियन्त्रण कमजोर भएपछि पुनः प्रभाव जमाउने प्रयास भइरहेको उनको दाबी छ ।

यसैबिच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका–इरान वार्ताको तयारी अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनले सञ्चारमाध्यमले सिर्जना गरेको हल्लाभन्दा फरक रूपमा वार्ताका संरचनात्मक तयारीहरू अगाडि बढिरहेको उल्लेख गरेका छन्, यद्यपि वार्ताको ढाँचाबारे कुनै विवरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी