2026-10-01 10:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना

काठमाडौँ | बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई ‘पूर्व नियोजित छल, धोका र नाटकको चुनाव’ भन्दै टिप्पणी गरेकी छन् । शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न चुनावको आलोचना गरेको हो । जुन निर्वाचनमा यो पार्टीलाई प्रतिबन्ध लगाइएको थियो । अवामी लिगको विज्ञप्तिमा शेख हसिनाले भनेकी छन्, ‘मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मतगणनाका टेबलमा मतहरू थिए ।’

उनले भनेकी छन्, ‘फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो । यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड गरिनेछ ।’ उनले चुनावी परिणाममा प्रश्न उठाउँदै ‘गम्भीर अनियमितता’ भएको आरोप समेत लगाएकी छन् । उनले भनेकी छन्, ‘धेरै तथ्यांक असंगत र झुटा देखिए ।’ निर्वाचन आयोगले दिएको विवरण देशभरको वास्तविकतासँग मेल नखाने दाबी गरेकी छन् । विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन् । अहिले पनि उनी यही छिन्। उनको बहिर्गमनपछि बंगलादेशमा पहिलो पटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हा े। आन्दोलनका क्रममा १४ सय जना मारिएका कारण बंगलादेशको अन्तरिम सरकारले हसिनाको पार्टीलाई भने चुनावमा भाग लिन वञ्चित गरेको थियो ।

जुन निर्वाचनमा खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइ भन्दा बढी सिट जितेको छ । अहिले उनका छोरा तारिक रहमान अध्यक्ष रहेको बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन् । हालसम्म बंगलादेशको निर्वाचन आयोगले २९९ निर्वाचन क्षेत्रमध्ये २९७ स्थानको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा विपक्षी बंगलादेश जमात–ए–इस्लामीले ६८ सिट जितेको छ भने यसका सहयोगीले ९ सिट जितेका छन् । हसिनाको १५ वर्ष शासन अन्त्य गराउने विद्यार्थी विद्रोहबाट खुलेको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ६ सिट जितेको छ । यद्यपि यो पार्टीले ३० सिटमा मात्र उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापा सर्वसम्मत सभापति बन्न सक्छन् : देवराज चालिसे दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने काठमाडौँमा १० दिन विद्युत् कटौती, यी क्षेत्रमा प्रभावित हुनेछ सेवा आर्थिक क्षेत्रका तीन विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो हिम्लुङ हिमपहिरोमा थप चार शव फेला, मृत्यु हुनेको संख्या ११ पुग्यो थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते बहुविवाह र विदेशी पीआर लिने व्यक्ति निजामती सेवामा प्रवेश गर्न नपाउने रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीको क्याम्प छाडे जबराको गिरफ्तारीबारे सरकारलाई सदनमा जवाफदेही बनाउन झाँक्रीको माग सरकारको ६ महिने कार्यकाल उत्साहजनक भएन : आङ्देम्बे प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेटवार्ता शिक्षा नेपालमा, रोजगारी विदेशमा हुने अवस्था अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने फ्लाईदुबई घटनामा क्याप्टेन मच्छरको साहसको ट्रम्पद्वारा प्रशंसा फ्लाईदुबई विमानमा ककपिटमै हमला, १०० भन्दा बढी यात्रुको ज्यान जोगियो शुक्रबारदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने केएलसिसि टावरमा सुरक्षा दिने श्रमिकहरुको गुनाशो- ‘दुतावास आए तर मालिकका मान्छेसंगै आए’ प्रधानमन्त्री शाहको कार्यशैलीप्रति एमाले सांसद पोखरेलको प्रश्न कांग्रेस वडा अधिवेशनमा सक्रिय सहभागी हुन देउवाको अपिल भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५५ पुग्यो, ४,७१८ बेपत्ता