2026-10-21 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना

काठमाडौँ | बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले देशमा भएको आम निर्वाचनलाई ‘पूर्व नियोजित छल, धोका र नाटकको चुनाव’ भन्दै टिप्पणी गरेकी छन् । शेख हसिनाको पार्टी अवामी लिगले विज्ञप्ति जारी गरी बंगलादेशमा बिहीबार सम्पन्न चुनावको आलोचना गरेको हो । जुन निर्वाचनमा यो पार्टीलाई प्रतिबन्ध लगाइएको थियो । अवामी लिगको विज्ञप्तिमा शेख हसिनाले भनेकी छन्, ‘मतदान केन्द्रहरूमा मतदाता थिएनन्, तैपनि मतगणनाका टेबलमा मतहरू थिए ।’

उनले भनेकी छन्, ‘फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो । यो चुनाव बंगलादेशको लोकतान्त्रिक इतिहासमा लज्जास्पद अध्यायको रूपमा रेकर्ड गरिनेछ ।’ उनले चुनावी परिणाममा प्रश्न उठाउँदै ‘गम्भीर अनियमितता’ भएको आरोप समेत लगाएकी छन् । उनले भनेकी छन्, ‘धेरै तथ्यांक असंगत र झुटा देखिए ।’ निर्वाचन आयोगले दिएको विवरण देशभरको वास्तविकतासँग मेल नखाने दाबी गरेकी छन् । विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना सन् २०२४ अगस्ट ५ मा हेलिकप्टर चढेर भारत भागेकी थिइन् । अहिले पनि उनी यही छिन्। उनको बहिर्गमनपछि बंगलादेशमा पहिलो पटक बिहीबार (फेब्रुअरी १२ तारिख) संसदीय निर्वाचन भएको हा े। आन्दोलनका क्रममा १४ सय जना मारिएका कारण बंगलादेशको अन्तरिम सरकारले हसिनाको पार्टीलाई भने चुनावमा भाग लिन वञ्चित गरेको थियो ।

जुन निर्वाचनमा खालिदा जियाको पार्टी बीएनपीले दुईतिहाइ भन्दा बढी सिट जितेको छ । अहिले उनका छोरा तारिक रहमान अध्यक्ष रहेको बीएनपी एक्लैले २०९ सिट जितेको छ भने यसका सहयोगीले ३ सिट जितेका छन् । हालसम्म बंगलादेशको निर्वाचन आयोगले २९९ निर्वाचन क्षेत्रमध्ये २९७ स्थानको अन्तिम नतिजा घोषणा गरेको छ । जसमा विपक्षी बंगलादेश जमात–ए–इस्लामीले ६८ सिट जितेको छ भने यसका सहयोगीले ९ सिट जितेका छन् । हसिनाको १५ वर्ष शासन अन्त्य गराउने विद्यार्थी विद्रोहबाट खुलेको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ६ सिट जितेको छ । यद्यपि यो पार्टीले ३० सिटमा मात्र उम्मेदवारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ