2026-09-11 01:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन

साउन १५, काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो र त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।

आरोही टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अर्का एक विदेशी आरोही रहेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। क्लबले उपलब्ध सबै स्रोत–साधन तत्काल परिचालन गर्ने प्रयास भइरहेको भन्दै सम्पूर्ण आरोहीहरूको सकुशल उद्धारको कामना गरेको छ।

निर्मल पुर्जा विश्वकै चर्चित पर्वतारोहीमध्ये एक हुन्। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल १८९ दिनमै आरोहण गरेर विश्वव्यापी चर्चा बटुलेका थिए। उनको उक्त ऐतिहासिक यात्रालाई नेटफ्लिक्सको 14 Peaks: Nothing is Impossible वृत्तचित्रमा समेत समेटिएको छ। हालसम्म टोलीको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन भने उद्धार अभियान मौसममा निर्भर रहने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग विपद्का बेला राजनीतिक स्वार्थभन्दा माथि उठेर उद्धारमा जुटौँ : पद्मा अर्याल अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न उद्योगमन्त्री गौरी कुमारी यादवले दिइन् राजीनामा सिंहदरवारमा विपक्षी दलहरूको बैठक भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट