2026-10-20 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाली निर्मल पुर्जासहित १० आरोही पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन

साउन १५, काठमाडौं। विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) नेतृत्वको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोमा परेपछि सम्पर्कविहीन भएको छ। पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो र त्यसयता टोलीसँग कुनै सम्पर्क हुन सकेको छैन।

आरोही टोलीमा पाँच नेपाली, एक पाकिस्तानी, एक अमेरिकी, एक चिनियाँ, एक ओमानी तथा अर्का एक विदेशी आरोही रहेका छन्। पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायसँग समन्वय गर्दै मौसम अनुकूल हुनेबित्तिकै हेलिकोप्टरसहित खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ। क्लबले उपलब्ध सबै स्रोत–साधन तत्काल परिचालन गर्ने प्रयास भइरहेको भन्दै सम्पूर्ण आरोहीहरूको सकुशल उद्धारको कामना गरेको छ।

निर्मल पुर्जा विश्वकै चर्चित पर्वतारोहीमध्ये एक हुन्। उनले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल १८९ दिनमै आरोहण गरेर विश्वव्यापी चर्चा बटुलेका थिए। उनको उक्त ऐतिहासिक यात्रालाई नेटफ्लिक्सको 14 Peaks: Nothing is Impossible वृत्तचित्रमा समेत समेटिएको छ। हालसम्म टोलीको अवस्थाबारे कुनै आधिकारिक पुष्टि भएको छैन भने उद्धार अभियान मौसममा निर्भर रहने अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ