2026-06-27 02:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारत र मलेसिया बीच तनाब बढ्दै, यस्तो भन्यो मलेसियाले

2020-01-15

माघ १, एजेन्सी | मलेसिया र भारत बिचको तनाब बढ्दै गएको छ | जम्मु–कश्मीरलाई भारतीय संविधान अन्तर्गत दिइएको विशेष दर्जा खारेज गरिएको र नागरिकता संशोधन विधेयकका बारेमा मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले भारतको आलोचना गर्दै आएका छन् |

भारतले मलेसियाबाट पाम आयल आयातमा प्रतिबन्ध लगाएको भएपनि गलत कुरालाई गलत नै भन्नुपर्ने मलेसियाले बताएको हो | आफ्नो देशले आर्थिक नोक्सान भोग्नु परेपनि गलत कुराको बिरोध गर्न नछोड्ने मलेसियाका प्रधानमन्त्री महाथिरले  बताएका छन् | उनले भने,' ‘हाम्रो देशले वित्तीय नोक्सान उठाउनु परे पनि गलत कुराविरुद्ध बोल्न छाड्ने छैनौँ ।’

भारतले इन्डोनेसिया र मलेसियाबाट पाम आयल आयात गर्दै आएको छ | पाम आयल उत्पादनमा इन्डोनेसियापछि मलेसिया विश्वकै दोस्रो मुलुक मानिन्छ | भारतको विदेश मन्त्रालयले पाम आयलको आयात कुनै खास देशसँग जोडिन सक्दैन भनेको छ |

कुनै प्रकारको कारोबार दुवै देशको सम्बन्धमा निर्भर गर्ने भन्दै विदेश मन्त्रालयले यसकै आधारमा व्यापारिक सम्बन्ध पनि कायम हुने प्रष्ट पारेको छ | भारतले २०१९ मा  मलेसियाबाट  ४०.४ लाख टन पाम आयल  खरिद गरेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट