2026-06-17 01:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुमति विना नै हज यात्राको लागि मक्का जानेलाई १० हजार साउदी रियाल जरीवाना

असार २९, काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले अनुमति विना नै हज यात्राको लागि मक्का जाने मानिसहरुलाई १० हजार साउदी रियाल अर्थात् दुई हजार ६६६ अमेरिकी डलर जरीवाना लगाउने निर्णय गरेको छ । साउदी अरेबियाले यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण हजयात्राको लागि मक्का आउने मानिसको संख्या सीमित पारेको छ ।

साउदी अरेबियाको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो प्रतिबन्ध जुलाई १९ देखि २ अगष्टसम्म जारी रहनेछ । दोस्रोपटक पनि यो प्रतिबन्ध उल्लंघन गर्दा पक्राउ परेका मानिसलाई पाँच हजार ३३२ अमेरिकी डलर जरीवाना गरिनेछ ।

गृह मन्त्रालयले सबै नागरिकहरुलाई र बासिन्दाहरुलाई हजयात्राको क्रममा सरकारले तोकेको नियम पालना गर्न आग्रह गरेको छ । हजयात्राको क्रममा नियम पालना गराउन सुरक्षाकर्मीहरु सडक तथा बाटोमा परिचालन गरिनेछ । साउदी अरेबियाको प्रशासनले कोरोना भाइरसको महामारीको कारण हजयात्रामा आउने मानिसको संख्या १० हजारसम्ममा सीमित राख्ने निर्णय गरेको छ ।

इस्लामिक धारणा अनुसार हज इस्लामको पाँच स्तम्भमध्येको एक हो र प्रत्येक शारीरिकरुपमा सक्षम मानिसले आफ्नो जीवनमा एकपटक हजयात्रा गर्नुपर्छ । गत वर्ष २५ लाख मानिसले मक्का र मदिनाको यात्रा गरेका थिए । स्रोत : बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ