2026-06-16 11:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वमा ८९ लाख २३ हजार कोरोना संक्रमण मुक्त, ६ लाख १३ हजारको मृत्यु

साउन ६, जेनेभा। (रासस/एएफपी)। विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख १३ हजार  ५४२ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ४८ लाख ६६ हजार ३९४ जना व्यक्ति कोरोना  संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८९ लाख २३ हजार ९५६ व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ५३ लाख  २८ हजार ८९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये  ६३ हजार ६९९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३९ लाख  ६१ हजार ५५६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार ८३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३३ लाख ८ हजार ६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १९ हजार ३६६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४६ लाख ४३ हजार २३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९्७ हजार  ५९६ जनाको मृत्यु भएको छ । 

युरोपमा २६ लाख ९४ हजार  ७११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९९ हजार ५२३ को मृत्यु भएको छ । एसिया ३४ लाख ६५ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ८१ हजार ४२८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख ४० हजार २६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार ४६५ जनाको मृत्यु भएको छ ।  ओसियानामा १४ हजार ११३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४९ जनाको मृत्यु भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ