2026-06-16 11:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनको जवाफी कारवाही, अमेरिकी वाणिज्य दूतावास बन्द

साउन ९, काठमाडौं । चीनले अमेरिकामाथि जवाफी कारवाही गर्दै चंगडूमा उसको महावाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले यो हप्ता ह्यूस्टनमा चिनियाँ दूतावास बन्द गर्ने अमेरिकी निर्णयविरुद्ध यो आवश्यक र वैध प्रतिक्रिया भएको जानकारी दिएको  छ । मन्त्रालयले भन्यो, ‘चीन र अमेरिकाबीच यस्तो वर्तमान स्थिती छ जुन चीन कुनै पनि हालतमा चाहँदैन र अमेरिका यसका लागि पूर्ण जिम्मेवार छ ।’

बीबीसी संवाददाताका अनुसार चंगडूमा सन् १९८५ मा यो महावाणिज्य दूतावास बनाइएको थियो जसमा २ सय बढी मानिसहरु काम गर्छन् र यो रणनीतिक रुपमा यसकारण पनि महत्वपूर्ण थियो किनभने यो तिब्बत नजिक थियो ।

यस्तै अमेरिकाले भिसासम्बन्धि धोकाको मामिलामा चीनका तीन नागरिकलाई पक्राउ गरेको छ र चौथो चिनियाँ नागरिकलाई पनि पक्राउ गर्ने तयारी गरिरहेको छ । अमेरिकी न्याय विभागकाम अनुसार गिरफ्तार गरिएका चिनियाँ नागरिकले कथित रुपमा चिनियाँ सेनाका सदस्य भएको भन्दै झुटो बोलेका थिए ।

अमेरिकाले किन बन्द गर्यो चिनियाँ दूतावास ?

ट्रम्प प्रशासनले ह्यूस्ट दूतावासलाई शुक्रबारसम्म बन्द गर्ने आदेश दिएको थियो । प्रशासनको आरोप अनुसार यसले बौद्धिक सम्पदाको जासुसी गर्छ र त्यसको चोरी गर्छ । अमेरिकी विदेश विभागकी प्रवक्ता मोर्गन अर्टागसले भनेका छन्, ‘अमेरिकी बौद्धिक सम्पदा र आफ्ना नागरिकको नीजि जानकारीको सुरक्षाका लागि ह्यूस्टनस्थिती चिनियाँ वाणिज्यिक दूतावासलाई बन्द गर्ने निर्णय लिइएको छ ।’

चीनले यो दूतावासमार्फत् अमेरिकामा देश विरोधी गतिविधी गरिरहेको आरोप लगाएका छन् । चीनले आक्रामक धारणा बनाउँदै जवाफी कारवाहीको कुरा गरेको थियो । चिनियाँ विदेश मन्त्रालयले भनेको थियो, ‘हामी अमेरिकी सरकारसँग आफ्नो अनुचित फैसला तुरुन्त रद्द गर्न आग्रह गर्छौं ।’

यसअघि अमेरिकी मिडियामा केही रिपोर्ट आएको थियो जसमा चिनियाँ दूतावासभित्र ठूलो परिमाणमा दस्तावेज जलाइएको जानकारी दिइएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ