2026-06-27 03:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा अमेरिकी विशेषदूत र अफगानी राष्ट्रपतिबीच भेटवार्ता

असोज २०, दोहा (रासस–एएनआई) | अफगान शान्तिवार्ता जारी रहेकै अवस्थामा अफगानिस्तानमा हिंसा बढेको भन्दै अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र अफगान राष्ट्रपति अस्रफ घानी दुबैले चिन्ता व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति घानीसँग कतारमा भेटवार्ता गरेपछि अमेरिकी विशेषदूत खलिलजादले अमेरिकाले अफगानिस्तानमा भइरहेका हिंसा नियन्त्रणमा ल्याउन तालिबान समूह, सरकार र अन्य पक्षमाथि दबाब दिइरहेको बताउनुभयो । 

उहाँले अफगानिस्तानमा जारी हिंसाका कारण धेरै अफगानीको मृत्यु भइरहेको जनाउँदै स्थायी शान्ति र विस्तृत युद्धबिराम गर्न प्रयास जारी रहेको बताउनुभयो ।   

कतारको भ्रमणमा रहनु भएका अफगानी राष्ट्रपति अस्रफ घानीसँग अमेरिकी विशेषदूत खलिलजाद र अफगानिस्तानका लागि अमेरिकी कमान्डर अस्टिन स्कट मिलरले भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्तामा खलिलजादले अस्रफ घानीलाई अफगानिस्तानको शान्ति प्रक्रिया सम्पन्न गर्न कुनै कसर बाँकी राख्न नहुने बताउनुभएको थियो ।


उहाँले अफगानिस्तानमा शान्ति बहाल गर्न सबै मुलुकहरु खासगरी छिमेकीहरु र मुख्य साझेदारहरुले मिलेर कार्य गर्नुपर्नेमा जोड दिनुभयो । विशेषदूत खलिलजाले ट्वीट गर्दै भन्नुभयो, “कतारको मैत्रीपूर्ण निमन्त्रणमा अफगान राष्ट्रपति हाल कतारमा हुनुहुन्छ । कमान्डर मिलर र मैले अफगानिस्तानको पछिल्लो शान्तिवार्ताका बारेमा छलफल गरेका छौं । हामी दुबैले अफगानिस्तानलाई अमेरिकी सहयोग रहने जानकारी गरायौं । हामीले अफगानिस्तानमा राजनीतिक समाधान हुने र दशकौं लामो युद्ध अन्त्य हुने विश्वास व्यक्त गरेका छौं ।”

विशेषदूत खलिलजादले अफगानिस्तानमा हिंसाका घटना निकै बढ्न थालेका र धेरै मानिसको मृत्यु हुनेक्रम जारी रहेको भन्दै आफूहरुले हिंसालाई काबुमा ल्याउन सम्बद्ध सबै पक्षमाथि दबाब दिइरहेको बताउनुभयो । 

केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट