2026-06-22 03:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी निर्वाचन २०२० : कहिले आउँछ अन्तिम मत परिणाम ?

2020-11-06

कार्तिक २१, वाशिङ्टन | नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतिय चुनावको अन्तिम नतिजाको पर्खाइमा यतिबेला विश्व नै छ | हाल सम्म ५० राज्य मधे ४४ राज्यको मात्र मतपरिणाम आएको छ | 

त्यस्तै मुख्य ६ वटा राज्यहरुको मतगणना भने जारी रहेको छ | डेमोक्रेटिक  पार्टीका उम्मेदवार जो बाइडेनले २६४  इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् भने,रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् |

अमेरिकामा राष्ट्रपति पदको लागि निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेको छ | यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् |

 शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरिएको छ | त्यस्तै नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन्  | जहाँ ८९ प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ | 

पेन्सलभानियामा ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको अधिकारीहरुले बताएका छन् |

त्यस्तै एरिजोनामा अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी रहेको छ | बाइडन भने जित नजिक पुगेका छन् भने ट्रम्पभने राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना खुम्चिदै गएको छ | उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत भनेका थिए |-बिबिसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ