2026-06-21 09:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ह्‍वाइटहाउस छाडेपछि ट्रम्पको रणनीति के छ ?

2020-11-13

कार्तिक २८, काठमाडौँ | डिसेम्बर ३ मा भएको अमेरिकाको राष्ट्रपतिय चुनावमा पराजित भएपछि डोनाल्ड ट्रम्प ह्‍वाइटहाउसबाट बाहिरिने निश्चित भएको छ | ट्रम्प २० जनवरीसम्म कार्यवाहक रहनेछन् त्यसपछि भने उनले सत्ता हस्तान्तरण गरेर बाहिरिने छन | 

सुरुवाति गतिविधिनै परम्परागत राजनीतिज्ञहरुभन्दा फरक रहँदै आएका ट्रम्पको आगामी रणनीति के होला भन्ने चाँसो बढेको छ | उनी ह्वाइट हाउस छोड्ने बितिक्कै पुर्वराष्ट्रपति हुनेछन | उनले गत अक्टोबरमा चुनावमा हार बेहोर्नुपरेमा अत्यन्तै दुःखी भएर आफूले देशै छाडेर जान सक्ने बताएका थिए |

ट्रम्पले राष्ट्रपति भएदेखि धेरै पुराना परम्पराहरु तोडे बताउंदै,नर्थवेस्टर्न युनिभर्सिटीका प्रोफेसर टिम काल्किन्सले भने,"अन्य पूर्वराष्ट्रपतिहरु जस्तो अपेक्षा राख्नुपर्ने कुनै कारण छैन |' यद्दपी उनी कुन क्षेत्रमा जाने भन्ने धेरै सम्भावनाहरुको भने विश्लेषण गरिएको छ |

कतिपयले ट्रम्पका राजनीतिक आकांक्षाहरु नभएका कारण नी दोस्रो कार्यकालका लागि फेरि चुनाव लड्न सक्ने बताएका छन् | अमेरिकाको कानुनमा एक व्यक्ति दूइ पटक भन्दा बढी  राष्ट्रपति हुन नपाउने व्यवस्था छ | 

२०२४ मा चुनाव लड्ने सम्भावित व्यक्तिहरुको सूची ट्रम्प पनि राख्ने पूर्व चिफ अफ स्टाफ मिक मुलभानेले  बताएका छन | राष्ट्रपति पद छाडे पनि उनको छवि सुरुमा आउँदा जति शक्तिशाली थियो,अहिले पनि त्यतिनै प्रभावशाली रहेको प्रोफेसर कल्किन्सको भनाई छ |

ट्रम्प संगठनमाथि केही अनुसन्धानहरु सुरु पनि भइसकेका छन् । ट्रम्पसँग अफेयर चलेका दुई महिलाहरुलाई चुप लगाउन, ट्रम्प संगठनले भुक्तानी गरेकासम्बन्धी ‘म्यानह्याटन डिस्ट्रिक्ट अटोर्नी’, साइरस भेन्सले यसअघि अनुसन्धान सञ्चालन गरेका थिए |

त्यसैगरी यौन उत्पीडनसम्बन्धी पनि ट्रम्प माथि दुई मुद्दा छन् जसलाई उनले नकार्दै आएका छन् | ट्रम्पकी आफ्नै भतिजी म्यारी ट्रम्पले समेत उनी र उनको परिवारमाथि ठगीको आरोपमा मुद्दा लगाएकी छन् |

राजनीतिज्ञ हुनुभन्दा अगाडि ट्रम्प रियल स्टेटका मोगुल र रियालीटी टेलिभिजन प्रस्तोता थिए । उनको नाममा आफ्नै ब्रान्ड पनि रहेको छ । त्यसैले पद हस्तान्तरणपछि उनले व्यवसाय पुनः सुरु गर्न सक्ने अनुमान गरिएको छ |

त्यस्तै ट्रम्प टीभी र मिडियासँग परिचित व्यक्ति हुन् । उनमा आफ्नै च्यानल लन्च गरेर न्युज मिडियासँग संलग्‍न हुने या कुनै कन्जरभेटिभ नेटवर्क स्थापित गराउने अधिक चाहना रहेको उनीनिकटका व्यक्तिहरुको अनुमान छ |

राष्ट्रपतिको कार्यालय छोडेपछि पनि ट्रम्पले पेन्सनलगायत थुप्रै उच्च स्तरीय सुविधाहरु प्राप्त गर्नेछन् । राष्ट्रप्रमुख पदको सम्मान राख्‍न का लागि भनेर पूर्वराष्ट्रपतिलाई वार्षिक दुई लाख सात हजार डलरको पेन्सन दिने व्यवस्था रहेको छ । यसका साथै उनलाई जीवनभर गोप्य सुरक्षा सेवा, स्वास्थ्य सेवा, यात्रा सम्बन्धी सुविधा र स्टाफका लागि समेत तलबको व्यवस्था गरिएको हुन्छ । यस्तोमा ७४ वर्षीय ट्रम्पको उमेर हेरेर उनी चुपचाप रिटायर हुने निर्णय पनि गर्न सक्ने बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ