२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारको आरोपमा इन्डोनेसियाका मन्त्री गिरफ्तार

१२ मंसिर २०७७, शुक्रबार ०५:४५

मंसिर १२, एजेन्सी | इन्डोनेसियाका एक मन्त्री  भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् | समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको हो |

उनीमाथि समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लागेको छ | इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् |

मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै ६ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् |

बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनी र उनकी श्रीमतीले अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ । 

मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उनको मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ