३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

त्रिदेशीय परमाणु सम्झौताप्रति क्रुद्ध बेइजिङ भन्छ- संकुचित दिमागको उपज

१ आश्विन २०७८, शुक्रबार ०८:४९

असोज १, काठमाडौँ (एजेन्सी) | चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको एतिहासिक परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ । बेइजिङले त्रिदेशीय सम्झौताको आलोचना गर्दै त्यसलाई संकुचित दिमागको उपज भनेको छ । 

अस्ट्रेलियालाई आणविक ऊर्जामा चल्ने पनडुब्बी निर्माण गर्न अमेरिका र बेलायतले सहयोग गर्ने सम्झौतामा उल्लेख छ । विवादित दक्षिण चीन सागरमा बेइजिङलाई टक्कर दिने रणनीतिस्वरूप अमेरिका र बेलायतले अस्ट्रेलियालाई सहयोग गरेका हुन् । सो क्षेत्र लामो समयदेखि तनावको केन्द्र बनेको छ । 

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले त्रिदेशीय गठबन्धले क्षत्रीय शान्तिमा गम्भीर असर गरेको र सैन्य होड तीव्र पारेको बताएका छन् । 

तीन देश शीतयुद्धको मानसिकताबाट गुज्रिएको भन्दै उनीहरूले आफ्नै खुट्टामा आफै बन्चरो हानेको उनले आरोप लगाएका छन् । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अस्ट्रेलिया पनि चीनको विरोधमा उत्रिएको टिप्पणी गरेको छ ।  

अमेरिकाले ६० वर्षपछि दोस्रोपटक आफ्नो पनडुब्बी प्रविधि अस्ट्रेलियालाई बाँडेको हो । यसअघि उसले बेलायतलाई यस्तो प्रविधि बाँडेको थियो । 

अस्ट्रेलियाले निर्माण गर्न लागेको आणविक सम्पन्न पनडुब्बीले अन्य परम्परागत शक्तियुक्त जहाज सजिलै पत्ता लगाउनेछ । ती पनडुब्बी महिनौंसम्म पनि पानीभित्र रहन सक्छन र लामो दूरीसम्म मिसाइल प्रहार गर्न सक्छन् । 

अकस नाम दिइएको सो सम्झौतामा अमेरिकी राष्ट्रपति जोन बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबार हस्ताक्षर गरेका छन् । 

इन्डो-प्यासेफिक क्षेत्रमा तीनैजना नेताहरूले सुरक्षा चासो देखाएका छन् । ‘साझेधार देशबीच साझा मूल्यको रक्षा तथा इन्डो प्यासेफिक क्षेत्रको सम्बद्र्धन गर्नु समान सोच भएका मित्रराष्ट्रका लागि एउटा एतिहासिक अवसर हो,’ तीन देशका नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अकस सम्झौता दोस्रो विश्वयुद्धपछिकै सम्भवत: सबैभन्दा महत्वपूर्ण सुरक्षा सम्झौता भएको विज्ञहरूले बताएका छन् । आणविक ऊर्जाबाट पनडुब्बी सञ्चालन गर्ने अस्ट्रेलिया सातौ देश हुनेछ । सम्झौतामा कृत्रिम गुप्तचरी, क्वान्टम प्रविधि र साइवर पक्ष समेटिएको छ । 

अस्ट्रेलियाले लामो दूरीको तोमाहाक क्रुज मिसाइलसमेत पाउनेछ, त्यसको बदलामा अमेरिकी सेनाको समूह उत्तरी अस्ट्रेलियामा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’