2026-07-05 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने गलत प्रचार गरियोः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन् ।

बुद्धनगर टोल सुधार समितिको २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताएका हुन् ।

उनले भने, ‘अहिले जुन सरकार बनेको छ । यो सरकारले खास गरेर विधेयकहरुलाई कानूनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ । ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौ । तर अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ । यसमा बुझ्नुपर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ ।’

उनले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै