जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/>

२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन आक्रमण ‘दुखद गणना’ हुनेछ- प्रधानमन्त्री जोनसन

२०७८, २० माघ बिहीबार ०६:४९

माघ २०, काठमाडौँ | बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो "दु:खद गलत गणना" हुने बताउँनु भएको छ।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरू सहमति जनाएका थिए कि उत्तेजना कसैको हितमा छैन भन्ने उल्लेख गरिएको छ ।

जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको "रक्षात्मक गठबन्धन" मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीभलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै कीभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनको लागि "स्पष्ट र वर्तमान खतरा" को प्रतिनिधित्व गरेको छ, अल जजीराले  जनाएको छ।

यसैबीच, रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गर्नुभएको छ।

युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव  निर्माण भइरहेको छ, पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँनुभएको छ। रूसले भने युक्रेनलाई NATO मा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार