जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन आक्रमण ‘दुखद गणना’ हुनेछ- प्रधानमन्त्री जोनसन

२० माघ २०७८, बिहीबार ०६:४९

माघ २०, काठमाडौँ | बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिदै यो "दु:खद गलत गणना" हुने बताउँनु भएको छ।

जोनसनले पुटिनसँगको फोनका क्रममा चेतावनी दिनुभएको हो। उहाँले रुसी राष्ट्रपतिलाई युक्रेनको सिमानामा रहेका १ लाख सैनिकलाई लिएर गहिरो र चिन्तित भएको एनएचके वर्ल्डले रिपोर्ट गरेको छ। बेलायती अधिकारीहरूले एक विज्ञप्ति जारी गर्दै नेताहरू सहमति जनाएका थिए कि उत्तेजना कसैको हितमा छैन भन्ने उल्लेख गरिएको छ ।

जोनसनले युक्रेनले चाहेको खण्डमा नाटोको "रक्षात्मक गठबन्धन" मा सामेल हुन आवेदन दिने पूर्ण अधिकार रहेको र रुससँगको गतिरोधमा भएको कुनै पनि वार्तामा कीभलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको वार्तापछि चेतावनी दिँदै कीभको भ्रमण सीमामा रुसी सेनाले युक्रेनको लागि "स्पष्ट र वर्तमान खतरा" को प्रतिनिधित्व गरेको छ, अल जजीराले  जनाएको छ।

यसैबीच, रूसी अधिकारीहरूले उनीहरूको चिन्ताको लागि नाटोको प्रतिक्रिया अपर्याप्त भएको भन्दै टिप्पणी गर्नुभएको छ।

युक्रेनलाई लिएर रुस र पश्चिम बीचको तनाव  निर्माण भइरहेको छ, पश्चिमले मस्कोलाई आफ्नो पश्चिमी समर्थक छिमेकीमाथि आसन्न आक्रमणको तयारी गरेको आरोप लगाएको छ।

रुसले युक्रेन आक्रमण गर्ने कुनै योजना नभएको बताउँनुभएको छ। रूसले भने युक्रेनलाई NATO मा सामेल हुन नदिने र पूर्व-सोभियत ब्लकमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धनको विस्तारको बिरूद्ध अन्य सुरक्षा ग्यारेन्टीहरूको शृङ्खलाको माग गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’