४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी विदेशमन्त्री र स्लोभाक रक्षा प्रमुखद्वारा सुरक्षा सहयोग सम्झौतामा हस्ताक्षर

२१ माघ २०७८, शुक्रबार ०५:४३

माघ २१, काठमाडौँ | अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र स्लोभाकका रक्षा मन्त्री जारोस्लाभ नाडले वाशिङ्गटनमा एक समारोहमा नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्नु अघि दुई देशको साझेदारीको बारेमा टिप्पणी गर्नुभएको छ ।

"यो सम्झौताले हाम्रा सेनाहरूलाई साझा तालिम, अभ्यास जस्ता साझा रक्षात्मक प्रयासहरूमा समन्वय गर्न सजिलो बनाउँछ। यसले हाम्रा जनता, अन्तरराष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराहरूबारे हाम्रा देशहरूबीच थप नियमित परामर्श सिर्जना गर्नेछ," ब्लिन्केनले बिहीबार उक्त समारोहमा हस्ताक्षर गर्ने क्रममा सो टिप्पणी गर्नु भएको हो। 

ब्लिन्केनले सम्झौताले स्लोभाकियामा स्थायी अमेरिकी सैन्य अड्डाहरू सिर्जना नगर्ने बताउँनु भएको  छ। अन्तिम कार्यान्वयन हुनु अघि स्लोभाक सरकारले पनि सम्झौता स्वीकृत गर्नुपर्ने उहाँको धारणा छ ।

त्यसैगरी नाडले हस्ताक्षर गर्नु अघि सम्झौताले नेटो सहयोगीहरूको रूपमा ट्रान्स-एट्लान्टिक सुरक्षाको लागि संयुक्त राज्य अमेरिका र स्लोभाकियाको साझा प्रतिबद्धता पनि प्रदर्शन गर्ने बताउँनु भएको छ ।

सोमबार प्रधानमन्त्री एडवार्ड हेगरले स्लोभाकिया र युरोपेलीले माग गरेमा पूर्वी युरोपमा नाटोलाई बलियो बनाउन सहयोग गर्न तयार रहेको बताउँनुभएको थियो।

यस सम्झौताले अमेरिकालाई विस्तारको सम्भावना सहित धेरै स्लोभाक सैन्य एयरफिल्डहरू र बेसहरू १० वर्षको लागि निःशुल्क प्रयोग गर्न सक्षम बनाउनेछ र स्लोभाक रक्षा पूर्वाधारको आधुनिकीकरणको लागि  १०० मिलियन युएस डलर उपलब्ध गराउँने बताइको छ ।

स्लोभाकका विपक्षी दलहरूले सम्झौताको विरोध गरेका छन् । स्लोभाक राष्ट्रिय कानूनसँग असङ्गत भएको दाबी गर्दै र देशको संवैधानिक अदालतबाट समीक्षाको आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’