४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

२३ माघ २०७८, आईतवार ०५:१६

माघ २३, काठमाडौँ । पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको  स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

"समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन," टोलो न्यूजका अनुसार उनले भने।

"म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी – दुई केटा र दुई छोरी – राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु," उनले थपे।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन्।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू  नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं।

न्युयोर्क टाइम्सले  सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै  चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए।

यद्यपि तत्काल आर्थिक सङ्कटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन्। तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ।  त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन्।

"इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्," शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ।

इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, "इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ।"

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’