२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते

२०७८, २८ माघ शुक्रबार ०५:४१

माघ २८, काठमाडौँ । एजेन्सी । यमनको सीमा नजिकैको आभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा कम्तीमा १२ जना घाइते भएका छन् । आक्रमणबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ ।

साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यम, साउदी प्रेस एजेन्सीले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, ‘साउदी रक्षा फौजले आभा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रक्षेपण गरिएको ड्रोन नष्ट गरेको छ ।’

साउदी अरबका अधिकारीहरूलाई उद्धृत गर्दै भनिएको छ, ‘गैरसैनिक (नागरिक) विमानस्थल र यात्रुलाई खतराको प्रतिक्रिया दिन सुरक्षाकर्मी परिचालन गरिएको छ र हामी आगामी परिस्थितिको सामना गर्न दृढ कदम चाल्नेछौं ।’आक्रमणमा हुथी विद्रोहीहरूको संलग्नता रहेको अनुमान छ । यसअघि पनि इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबका संवेदनशील क्षेत्रमा निशाना बनाएर आक्रमण गर्दै आएका छन् । यद्यपि उनीहरूले आभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी गरिएको आक्रमणको तत्काल जिम्मेवारी लिएका छैनन् ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनसँग लडिरहेका विद्रोहीले विमानस्थल र कच्चा तेल संकलन केन्द्रलगायतका साउदी क्षेत्रलाई निशाना बनाउँदै बारम्बार ड्रोन आक्रमण गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ