४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण

२८ माघ २०७८, शुक्रबार ०८:४६

माघ २८, काठमाडौँ । अज्ञात बन्दुकधारीहरूले बिहीबार राजधानी त्रिपोलीमा लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमा आक्रमण गरेको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीले एक विज्ञप्तिमा भने, “आज अघि, प्रधानमन्त्रीको काफिलेलाई सुक अल–जुमा जिल्ला (मध्य त्रिपोली) मा लाइसेन्स प्लेट बिनाको गाडीमा सवार व्यक्तिहरूले सशस्त्र आक्रमणको शिकार बनाएको थियो।“ । आक्रमणमा कुनै हताहत नभएको पुष्टि गर्दै अल–अरबीले “देशको राजनीतिक घटनाक्रम“ विरुद्धको विरोधपछि उक्त घटना भएको बताएका छन् ।

“आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दछ,“ प्रवक्ताले भने, “अपराधीहरूलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको छ।“प्रतिनिधिसभा (संसद्)ले फाथी बाशाघालाई देशको नयाँ प्रधानमन्त्रीका लागि सर्वसम्मतिले मतदान गरेको केही घण्टापछि विज्ञप्ति जारी गरिएको हो ।

यद्यपि, डेबिबाले मङ्गलबार उनको चुनाव नभएसम्म पदमा रहने र “निर्वाचित सरकारलाई मात्र शक्ति हस्तान्तरण गर्ने।“ बताएका थिए ।उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो। लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिएको थियो तर प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण