यूएईको भ्रमणमा टर्कीका राष्ट्रपति

Posted on: 14 Feb, 2022

फागुन २, काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तयप एर्दोगान सोमबार संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमणमा आउनुभएको छ । 

झन्डै एक दशकपछि उहाँले पहिलो पटक यूएईको भ्रमण गर्नु भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति एर्दोगानले अरब क्षेत्रका विभिन्न विषयसँगै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय र आपसी दुई पक्षीय विषयमा छलफल गर्नुहुने जनाइएको छ ।  

अहिलेको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ राम्रो बनाउन ठूलो सहयोग हुने विश्वास लिएको छ,ु अब दुई देशको सम्बन्धमा नयाँ युग सुरु हुने अपेक्षा छ, राष्ट्रपति एर्दोगानले भन्नुभयो । 

दुईदिने भ्रमणका लागि अबुधाबी प्रस्थान गर्नुअघि टर्कीको राजधानी इस्तानबुलस्थित विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उहाँले युएईको भ्रमण गर्न पाउँदा आफू उत्साहित भएको पनि बताउनुभएको थियो । 

टर्कीको उच्चस्तरीय सरकारी टोलीले यसअघि सन् २०१३ मा यूएईको भ्रमण गरेको थियो । लामो समयपछि भएको अहिलेको भ्रमणले दुई देशका बीचमा नयाँ सहकार्य र सहमतिहरू हुनसक्ने अपेक्षा गरिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!