२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसले युक्रेनसँगको सीमामा सैनिक घटाएको होइन बढाएको छ – अमेरिका

२०७८, ५ फाल्गुन बिहीबार ०५:४८

फागुन ५, काठमाडौँ । युक्रेनको सीमामा तैनाथ सैनिकको संख्यामा कमी गर्ने रुसको दाबी गलत भएको अमेरिकाले बताएको छ। अमेरिकी एक वरिष्ठ अधिकारीले सेना घटनाएको कुनै संकेत नदेखिएको बताए।उनले रुसले दाबी गरेको जस्तो सैनिकको संख्या नघटेको बताए। 'यो झुटो दाबी हो' उनले भने। 

रूसले युक्रेन सीमा सात हजार अतिरिक्त सैनिक परिचालन गरेको उनले बताएको बीबीसीले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति जो वाइडेनलेसमेत रुसले सैन्य फिर्ति थालेपनि कुनै पनि समयमा युक्रेनमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएका थिए। तर रुसले भने आफ्नो सैन्य अभ्यास पूरा भएको र सीमामा खटिएको सेनालाई हटाइरहेको बताएको छ। तर पश्चिमा देश र अमेरिकाले रुसले दाबी गरेको जस्तो कुनै प्रमाण वा संकेत नपाएको जनाएको छ। 

व्हाइट हाउसका एक वरिष्ठ अधिकारीले बुधकार पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै भने "हिजो, रूसको सरकारले दाबी गरेको थियो कि युक्रेनको सीमाबाट सैनिकलाई फिर्ता बोलाइरहेको छ। यस दाबीले विश्वभरको ध्यान खिचेको छ तर अहिले हामीलाई थाहा भएको छ कि यो दाबी गलत हो।" नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले पनि रुसले सीमा तैनाथ सैनिक फिर्ता गरेको कुनै प्रमाण फेला नपरेको बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ