४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

१६ फाल्गुन २०७८, सोमबार १५:३६

फागुन १६, काठमाडौँ । रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् । 

पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म युक्रेनका ठूला शहर कब्जा गर्न सकेको छैन ।

रूसविरुद्ध लड्न युक्रेनले अन्तरराष्ट्रिय सहायता र समर्थन मागिरहेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि हतियारसहित बन्दोबस्तीका सामान युक्रेनतर्फ पठाइरहेका छन् ।

यसैबीच, बेलारूसँगको सीमामा यतिखेर रूस र युक्रेनका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा युक्रेनले रूसलाई तत्काल गोलाबारी बन्द गर्न र सेनालाई पछि हटाउन माग राखेको छ । रूसले भने वार्ताको तयारी हुँदैगर्दा आणविक हतियारलाई तयार राख्न सेनालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद