२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुटिनको सेनालाई उच्च सतर्कताको आदेशसँगै अमेरिकाले उडायो परमाणु आक्रमण सहनसक्ने विमान

२०७८, १९ फाल्गुन बिहीबार ०९:४०

फागुन १९, काठमाडौँ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले केही दिन अगाडि आफ्नो देशको परमाणु सेनालाई उच्च सतर्कतामा रहन निर्देशन दिए । पुटिनको उक्त आदेशसँगै गत फेब्रुअरी २८ मा अमेरिकाले यस्तो विमान उडायो जसले परमाणु बमको आक्रमण पनि सहन सक्दछ । आणविक बम प्रतिरोधी डुम्सडे जहाज भनिने उक्त विमानमा आणविक हतियार प्रहार भए पनि त्यसभित्र रहेका मानिसहरू सुरक्षित हुन्छन् ।

डुम्सडे प्लेन वास्तवमा बोइङ ७४७ विमानलाई मोडीफाइ गरेर बनाइएको हो । यसको प्राविधिक नाम बोइङ इ फोर बी (Boeing-E4B) राखिएको छ । फेब्रुअरी २८ मा नेब्रास्काको अमेरिकी वायुसेनाको आधार सिविरबाट उडान भरेर साढे ४ घण्टामा उक्त विमान शिकागोमा अवतरण गरेको थियो ।

उक्त उडानका क्रममा डुम्सडे विमानसँगै केही पूर्वचेतावनीयुक्त जेट विमानहरू पनि थिए जसले कुनै पनि ब्यालिस्टिक मिसाइल हमलाको बारेमा जानकारी दिन सक्दछन् ।

बोइंग इ फोर बी निर्माण गर्नुको उद्धेश्य परमाणु युद्धको समयमा उक्त विमानलाई कमान्ड केन्द्रमा बदल्नु हो । त्यसमा सेनाका उच्च अधिकारीहरू हावामा उडेरै शत्रुविरुद्ध लड्ने रणनीति बनाउन सक्दछन् । उक्त विमानमा सुरक्षाका विभिन्न प्रबन्धहरू  गरिएका छन्, जुन आम बोइंग ७४७ मा उपलब्ध हुँदैनन् । यो विमानले एन्टिक एनालग प्रविधिमा काम गर्दछ जसमा आधुनिक डिजिटल यन्त्र हुँदैन । त्यसैले यो विमानलाई ट्रयाक गर्न र ह्याक गर्न कठिन हुन्छ ।

परमाणु विस्फोटबाट निस्कने विद्युत चुम्बकीय तरंगहरूको पनि यो विमानमा कुनै असर पर्दैन र यसमा रहेको एनालग प्रणालीले काम गरिरहन सक्दछ । यो जहाजमा झ्यालहरू नगन्य हुन्छन् जसमा विशेष खालको शिल्डको व्यवस्था हुन्छ जसले यसभित्र रहेका यात्रु तथा चालक दलका सदस्यहरूलाई परमाणु युद्धबाट निस्किने ताप तथा विकिरणबाट बचाउँदछ ।

अमेरिकाले एउटा बोइंग इ फोर बी जहाजलाई सम्भावित युद्धका लागि हरक्षण पूर्ण तयारीमा राखेको हुन्छ । त्यसको लगातार तालिम तथा उडान भैरहन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार