४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुसी आक्रमणले युरोपकै ठूलो आणविक उर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा

२० फाल्गुन २०७८, शुक्रबार ०७:१६

फागुन २०, काठमाडौँ । युक्रेनको दक्षिण पूर्वमा रहेको युरोपकै सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा शुक्रबार बिहान आगलागी भएको थियो । उक्त आणविक ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको छ। युक्रेनको आकस्मिक सेवाले जापोरिजिया आणविक ऊर्जा केन्द्रमा लागेको आगो नियन्त्रणमा आएको पुष्टि गरेको हो। 

रुसको लगातारको आक्रमणले आगलागी भएको र आगो निभाउन कठिन भएको युक्रेनले बताएको थियो । प्लान्टमा कुनै क्षति नभए पनि आगो प्लान्टमा फैलिन सक्ने आशंका गरिएको थियो।

युक्रेनको आपतकालीन सेवाले सुरुमा उनीहरूलाई त्यहाँ जान अनुमति नदिएको बताएको छ। तर पछि उनीहरुले अनुमति पाएर एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए। उक्त आगलागीमा कुनै मानवीय क्षति भएको छैन। 

यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि ट्विट गरेर रुसी सैनिकले युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको जानकारी दिएका थिए। उनले ट्विट गर्दै विश्वलाई सहयोगको अपिल गर्दै यो पावर प्लान्ट खतरामा रहेको बताएका थिए। यसपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले जेलेन्स्कीसँग फोनमा कुरा गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा