५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड नियन्त्रण गर्न भारत सफल, चीन बिफलः अमेरिकी राष्ट्रपति बाइडेन

१० जेष्ठ २०७९, मंगलवार १०:०२

जेठ १०, टोकियो | एजेन्सी | विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले टिप्पणी गरेका छन् । टोकियोमा जारी क्वाड शिखर सम्मेलनको बन्द सरमा बाइडेनले कोभिड–१९ प्रकोपलाई ह्यान्डल गर्ने विषयमा मोदीको प्रशंसा र चीनको आलोचना गरेका हुन् ।

एक वरिष्ठ अधिकारीका अनुसार राष्ट्रपति बाइडेनले कोभिड १९ महामारी ह्यान्डल गर्ने मामिलामा भारतको सफलताको प्रशंसा गरेका हुन् । 


मोदीको सफलताले संसारलाई लोकतन्त्रले प्रदान गर्न सक्छ भनेर देखाएको बाइडेनले बताए ।  ‘चीन र रुस जस्ता निरंकुश राष्ट्रहरूले द्रुत रूपमा परिवर्तन भइरहेको संसारलाई राम्रोसँग ह्यान्डल गर्न सक्छन् भन्ने भ्रमको पर्दाफास गरेको छ किनकी तिनीहरूको नेतृत्वले लामो लोकतान्त्रिक प्रक्रियाहरू पार नगरी निर्णय लिन र कार्यान्वयन गर्न सक्छन्’, ती अधिकारीले भने ।

प्रधानमन्त्री मोदीले क्वाड नेताहरूको शिखर सम्मेलनको केही समयपछि अमेरिकी राष्ट्रपति बाइडेनलाई भेटेका थिए । यसअघि मोदी र बाइडेनबीच भर्चुअल माध्यममार्फत अप्रिलको दोस्रो साता छलफल भएको थियो । 

बाइडेनले दाबी गरे पनि भारतमा कोभिड पूर्ण रुपमा नियन्त्रणमा आएको छैन् । अझै पनि दैनिक १५ सयदेखि दुई हजार जना संक्रमित भेटिने गरेका छन् । पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट २६ जनाको मृत्यु भएको छ । 

चीनमा केही साता ह्वात्तै बढेको कोभिड सङ्क्रमण फेरि घटेकाे छ ।  पछिल्लो समयमा चीनको सांघाईमा फैलिएको कोभिड संक्रमणमा केही कमी आएको हाे। नियन्त्रण बाहिर जान थालेपछि सांघाईमा लामो समय लकडाउन घोषणा गरिएको थियो । करिब २ करोड ५० लाख जनसंख्या रहेको सांघाई सरकारले  सामूहिक कोरोना परीक्षण गर्नेदेखि यात्रामाथि प्रतिबन्ध लगाएकाे थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता