बुर्किना फासोमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको मृत्यु

Posted on: 27 May, 2022

जेठ १३, काठमाडौँ |  अफ्रिकी मुलुक बुर्किना फासोको पूर्वी क्षेत्रमा हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ ।

पूर्वी बुर्किना फासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस गाउँमा अज्ञात बन्दुकधारीले हमला गरेर यतिधेरै नागरिकको ज्यान लिएका हुन् ।

3 soldiers killed in terror attack in Burkina Faso

त्यहाँको पूर्वी क्षेत्रीय गभर्नर हुबर्ट यामेयोगोले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार ठूलो संख्यामा आएका अज्ञात बन्दुकधारीहरुले यो नरसंहार गरेका हुन् ।

सोही क्षेत्रमा यही मे १४ र मे १९ मा भएका यस्तै हिंसात्मक हमलामा परेर २८ जनाको ज्यान गएको थियो । अरु कैयौँ घाइते पनि भएका थिए ।

बुर्किना फासोमा गएका केही वर्षयतादेखि सुरक्षाको अवस्था नाजुक बन्दै गएको छ । जसका कारण दैनिक रुपमै नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!