२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीलङ्कापछि अब भूटानमा पनि खाद्यान्न संकट, अवस्था अझै चिन्ताजनक बन्ने डर

२०७९, १३ जेष्ठ शुक्रबार ११:५३

जेठ १३, काठमाडौँ | सार्क राष्ट्र श्रीलङ्का यसअघि नै खाद्यान्न संकटसँग जुधिरहेको छ । यस्तोमा अब अर्को सार्क राष्ट्र भूटानमा पनि खाद्यान्न संकट देखिन थालेको छ । अहिले विशेष गरेर भूटानका ग्रामीण क्षेत्रहरु खाद्यान्नको अभावसँग जुँधिरहेका छन् ।

खाद्यान्नको घरेलु माग पूरा गर्न भूटान छिमेकी देश भारतसँग परनिर्भर रहेको छ । भूटानले गत वर्ष भारतबाट ३०.३५ मिलियन डलरबराबरको खाद्यान्न खरिद गरेको थियो । भूटानले भारतबाट मुख्य रुपमा चामल र गहुँ खरिद गर्ने गरेको छ । भारतले हालै गहुँ र चिनी निर्यातमा लगाएको प्रतिबन्धले भूटान थप प्रभावित बनेको छ । रोयटर्ससँगको कुरा गर्दै भूटानका अर्थमन्त्री शर्माले यसबारे पनि चिन्ता व्यक्त गरेका छन् । 


शर्माले कुनै पनि देशको नाम उल्लेख नगर्दै भने,‘खाद्यान्नको कमीले गर्दा अझै बढ्न सक्छ । केही देशले अन्नको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । यसको प्रभाव कस्तो पर्छ भनेर भूटान सरकार चिन्तित छ ।’ तथापि भारतले आफ्ना छिमेकी देशहरुमा निर्यात जारी राख्ने जनाएको छ । यसका साथै भारतले खाद्यान्न संकटसँग जुधिरहेका देशहरुलाई खाद्यान्न प्रदान गर्ने आश्वासन दिएको छ । 

खाद्यान्न निर्यातमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयप्रति भूटानको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका सेक्रेटरी जनरलले पनि चिन्ता व्यक्त गरेका छन् । सेक्रेटरी जनरल सान्गे दोर्जीका अनुसार खाने–पिउने वस्तुको मूल्य वृद्धिले भूटानको स्थानीय अर्थतन्त्रलाई घाटा पुर्याउनेछ । दोर्जे भन्छन्,‘हामी खाद्यान्नको आपुर्तीलाई लिएर एकदमै चिन्तित छौँ । महङ्गीले खाद्यान्न संकटलाई थप गम्भीर बनाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन