साउन ३०, काठमाडौँ | हरेक महिनाजसो क्षुद्रग्रहहरु पृथ्वीको नजिक आइरहेको भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यस्ता क्षुद्रग्रहहरु कहिले पृथ्वीको नजिकै आएर जान्छन् त कहिले अलिक टाढाबाटै पार हुने गरेका छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने त्यो क्षुद्रग्रह नै हो ।
यदि कुनै क्षुद्रग्रह पृथ्वीतर्फ आइरहेको छ र त्यसको दिशामा परिवर्तन भएन भने प्रलय आउने कुरा अवस्यम्भावी हुन्छ । यस्तै क्षुद्रग्रहलाई दूर राख्नका लागि वा उसको दिशा परिवर्तन गराएर संकट टार्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले गतवर्ष डार्ट मिसनको घोषणा गरेको थियो । नासाले घोषणा गरेको उक्त मिसन अन्तरगत आगामी महिना सेप्टेम्बरमा नासाको एक यान क्षुद्रग्रहसँग ठक्कर खानेछ र क्षुद्रग्रहको दिशा बदलिनेछ ।
पृथ्वीलाई क्षुद्रग्रहको हमलाबाट बँचाउनका लागि यो अन्तरीक्षयान सुदूर अन्तरीक्षमा परिक्रमा गरिरहेको एक क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसरी यानलाई क्षुद्रग्रहसँग ठोक्काउनुको एकमात्र उद्धेश्य चाहीँ त्यसरी ठोक्किँदा क्षुद्रग्रहको दिशामा परिवर्तन आउँछ कि आउँदैन भनेर जान्नु नै हो ।
उक्त यान २३ हजार ७६० किलोमिटर प्रतिघण्टाको वेगमा क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसक्रममा क्षुद्रग्रहको दिशामा हुने सम्भावित परिवर्तनलाई रेकर्ड गर्ने योजना छ । क्षुद्रग्रहको दिशामा हुनसक्ने सम्भावित परिवर्तनसँगै टक्करबाट क्षुद्रग्रहको वातावरण, धातु, धुलो, माटो आदिको पनि अध्ययन गरिनेछ । नासाले यान ठोक्काउन लागेको क्षुद्रग्रहको नाम डिडिमोस हो ।
नासाको उक्त मिसनको नाम डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट अर्थात् म्ब्च्त् हो । यो कार्य काइनेटिक इम्प्याक्टर टेक्निक नामक प्रविधिबाट गरिनेछ । पृथ्वीतर्फ आइरहेका क्षुद्रग्रहलाई यानसँग ठोक्काएर तिनीहरुको दिशामा परिवर्तन गराउने र पृथ्वीमा आउनसक्ने संकट टार्ने यो मिसनको उद्देश्य हो ।
नासाले यान ठोक्काउन लागेको डिडिमोस क्षुद्रग्रहको व्यास २६०० फिट छ । यसको चारैतर्फ एउटा सानो चन्द्रमा जस्तो पत्थरले परिक्रमा गरिरहेको छ । उक्त चन्द्रमाको नाम डाइमर्फोस हो । यानको टक्कर त्यसैसँग हुनेछ ।
उक्त पत्थरको व्यास ५२५ फिट रहेको छ । नासाले त्यो सानो उपग्रहजस्तो पत्थरलाई निसाना बनाउनेछ । जुन पछि डिडिमोससँग ठोक्किनेछ । त्यसपछि दुबैको गतिमा हुने परिवर्तनको अध्ययन पृथ्वीमा रहेको टेलिस्कोपबाट गरिनेछ ।
डार्ट यानको गति कति छ ?
नासाको प्लानेटरी डिफेन्स अधिकृत लिन्डले जोन्सनका अनुसार उक्त प्रयोगबाट काइनेटिक इम्प्याक्टर प्रविधिको क्षमताका बारेमा जानकारी प्राप्त हुनेछ । साथै पृथ्वीलाई क्षुद्रग्रहबाट जोगाउनका लागि यत्ति नै पर्याप्त हुन्छ कि अरु कुनै नयाँ प्रविधिको आविष्कार गर्नुपर्दछ भन्ने पनि थाहा हुनेछ ।
डिडिमोससम्म पुग्नका लागि यान तिव्र गतिमा जानेछ र उसको उपग्रहसँग यो करीब २४ हजार किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किनेछ ।
धेरै तिव्र गतिमा उपग्रहसँग यान ठोक्किएपछि डिडिमोससँग पनि टकराव हुनेछ जुन नियन्त्रण बाहिर छ । त्यसैले डार्टको यानको गति कम गरी त्यसलाई डिडिमोसको चन्द्रमासँग ठोक्काइनेछ ।
यदि उक्त टक्करबाट चन्द्रमाको गतिमा थोरैमात्र पनि परिवर्तन आयो भने त्यसलाई क्षुद्रग्रह डिडिमोससँग ठोक्काउन सकिनेछ । जसबाट दुबैको गति तथा दिशामा सामान्य परिवर्तन आउन सक्दछ । अन्तरीक्षमा एक डिग्री तथा एक किलोमिटरको गतिको कमीले पनि ठूलो प्रभाव पार्न सक्दछ र पृथ्वीसँगको टकरावलाई रोक्न सक्दछ ।
निगरानीका लागि अलग्गै यान
डार्ट अन्तरीक्षयानको निगरानीका लागि इटालियन अन्तरीक्ष एजेन्सीको लाइट इटालियन क्युबसेट फर इमेजिंग एस्टेरोइड नामक यानपनि प्रक्षेपण गरिँदैछ । यो यान टकरावको समयमा डिडिमोस क्षुद्रग्रहको नजिकैबाट गुज्रिनेछ ता कि टकरावको तस्वीर खिचेर त्यसलाई पृथ्वीमा पठाउन सकियोस् ।
ऋमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वीको नजिकबाट गुज्रिने चट्टान अर्थात् नियर अर्थ अब्जेक्ट्समाथि निगरानी राख्ने गर्दछ । यदि कुनै चट्टान पृथ्वीभन्दा १.३ एस्ट्रोनोमिकल युनिटको दूरी अर्थात् पृथ्वी र सूर्यबीचको दूरी भन्दा १.३ गुणा धेरै दूरीसम्म आउँदछ भने त्यो नासाको राडारमा देखा पर्दछ । अहिलेसम्म नासाले पृथ्वीको आसपास ८ हजार भन्दा धेरै नियर अर्थ अब्जेक्ट्स दर्ज गरिसकेको छ ।
नासाले दर्ज गरेका नियर अर्थ अब्जेक्ट्समा कतिपय क्षुद्रग्रहहरु यस्ता छन् जो ४६० फिट व्यास भनदा पनि ठूलो आकारका छन् । यदि यतिठूलो आकारको कुनै चट्टान अमेरिकामा खस्यो भने त्यसले अमेरिकाको कुनैपनि राज्यलाई पूर्णरुपमा ध्वस्त पार्न सक्दछ । यदि यो समुद्रमा खस्यो भनेपनि यसले ठूलो सुनामी ल्याउन सक्दछ ।
यद्यपि खासाका अनुसार पृथ्वीको चारैतर्फ परिक्रमा गरिरहेका ८ हजार चट्टानमध्ये एउटा पनि चट्टान आगामी १ सय वर्षभित्र पृथ्वीसँग ठक्कर खानेवाला छैन । एजेन्सीको सहयोगमा