२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

पृथ्वीलाई बचाउन क्षुद्रग्रहसँग अन्तरीक्ष यान ठोक्काउँदै नासा

२०७९, ३० श्रावण सोमबार ११:१८

साउन ३०, काठमाडौँ | हरेक महिनाजसो क्षुद्रग्रहहरु पृथ्वीको नजिक आइरहेको भन्ने खालका समाचारहरु आइरहेका हुन्छन् । यस्ता क्षुद्रग्रहहरु कहिले पृथ्वीको नजिकै आएर जान्छन् त कहिले अलिक टाढाबाटै पार हुने गरेका छन् । तर पृथ्वीलाई वास्तविक खतरा यदि कुनै वस्तुबाट छ भने त्यो क्षुद्रग्रह नै हो ।


यदि कुनै क्षुद्रग्रह पृथ्वीतर्फ आइरहेको छ र त्यसको दिशामा परिवर्तन भएन भने प्रलय आउने कुरा अवस्यम्भावी हुन्छ । यस्तै क्षुद्रग्रहलाई दूर राख्नका लागि वा उसको दिशा परिवर्तन गराएर संकट टार्नका लागि अमेरिकी अन्तरीक्ष संस्था नासाले गतवर्ष डार्ट मिसनको घोषणा गरेको थियो । नासाले घोषणा गरेको उक्त मिसन अन्तरगत आगामी महिना सेप्टेम्बरमा नासाको एक यान क्षुद्रग्रहसँग ठक्कर खानेछ र क्षुद्रग्रहको दिशा बदलिनेछ ।

पृथ्वीलाई क्षुद्रग्रहको हमलाबाट बँचाउनका लागि यो अन्तरीक्षयान सुदूर अन्तरीक्षमा परिक्रमा गरिरहेको एक क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसरी यानलाई क्षुद्रग्रहसँग ठोक्काउनुको एकमात्र उद्धेश्य चाहीँ त्यसरी ठोक्किँदा क्षुद्रग्रहको दिशामा परिवर्तन आउँछ कि आउँदैन भनेर जान्नु नै हो ।

उक्त यान २३ हजार ७६० किलोमिटर प्रतिघण्टाको वेगमा क्षुद्रग्रहसँग ठोक्किनेछ । त्यसक्रममा क्षुद्रग्रहको दिशामा हुने सम्भावित परिवर्तनलाई रेकर्ड गर्ने योजना छ । क्षुद्रग्रहको दिशामा हुनसक्ने सम्भावित परिवर्तनसँगै टक्करबाट क्षुद्रग्रहको वातावरण, धातु, धुलो, माटो आदिको पनि अध्ययन गरिनेछ । नासाले यान ठोक्काउन लागेको क्षुद्रग्रहको नाम डिडिमोस हो ।

नासाको उक्त मिसनको नाम डबल एस्टेरोइड रिडाइरेक्सन टेस्ट अर्थात् म्ब्च्त् हो । यो कार्य काइनेटिक इम्प्याक्टर टेक्निक नामक प्रविधिबाट गरिनेछ । पृथ्वीतर्फ आइरहेका क्षुद्रग्रहलाई यानसँग ठोक्काएर तिनीहरुको दिशामा परिवर्तन गराउने र पृथ्वीमा आउनसक्ने संकट टार्ने यो मिसनको उद्देश्य हो ।

नासाले यान ठोक्काउन लागेको डिडिमोस क्षुद्रग्रहको व्यास २६०० फिट छ । यसको चारैतर्फ एउटा सानो चन्द्रमा जस्तो पत्थरले परिक्रमा गरिरहेको छ । उक्त चन्द्रमाको नाम डाइमर्फोस हो । यानको टक्कर त्यसैसँग हुनेछ ।

उक्त पत्थरको व्यास ५२५ फिट रहेको छ । नासाले त्यो सानो उपग्रहजस्तो पत्थरलाई निसाना बनाउनेछ । जुन पछि डिडिमोससँग ठोक्किनेछ । त्यसपछि दुबैको गतिमा हुने परिवर्तनको अध्ययन पृथ्वीमा रहेको टेलिस्कोपबाट गरिनेछ ।

डार्ट यानको गति कति छ ?

नासाको प्लानेटरी डिफेन्स अधिकृत लिन्डले जोन्सनका अनुसार उक्त प्रयोगबाट काइनेटिक इम्प्याक्टर प्रविधिको क्षमताका बारेमा जानकारी प्राप्त हुनेछ । साथै पृथ्वीलाई क्षुद्रग्रहबाट जोगाउनका लागि यत्ति नै पर्याप्त हुन्छ कि अरु कुनै नयाँ प्रविधिको आविष्कार गर्नुपर्दछ भन्ने पनि थाहा हुनेछ ।

डिडिमोससम्म पुग्नका लागि यान तिव्र गतिमा जानेछ र उसको उपग्रहसँग यो करीब २४ हजार किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किनेछ ।

धेरै तिव्र गतिमा उपग्रहसँग यान ठोक्किएपछि डिडिमोससँग पनि टकराव हुनेछ जुन नियन्त्रण बाहिर छ । त्यसैले डार्टको यानको गति कम गरी त्यसलाई डिडिमोसको चन्द्रमासँग ठोक्काइनेछ ।

यदि उक्त टक्करबाट चन्द्रमाको गतिमा थोरैमात्र पनि परिवर्तन आयो भने त्यसलाई क्षुद्रग्रह डिडिमोससँग ठोक्काउन सकिनेछ । जसबाट दुबैको गति तथा दिशामा सामान्य परिवर्तन आउन सक्दछ । अन्तरीक्षमा एक डिग्री तथा एक किलोमिटरको गतिको कमीले पनि ठूलो प्रभाव पार्न सक्दछ र पृथ्वीसँगको टकरावलाई रोक्न सक्दछ ।

निगरानीका लागि अलग्गै यान

डार्ट अन्तरीक्षयानको निगरानीका लागि इटालियन अन्तरीक्ष एजेन्सीको लाइट इटालियन क्युबसेट फर इमेजिंग एस्टेरोइड नामक यानपनि प्रक्षेपण गरिँदैछ । यो यान टकरावको समयमा डिडिमोस क्षुद्रग्रहको नजिकैबाट गुज्रिनेछ ता कि टकरावको तस्वीर खिचेर त्यसलाई पृथ्वीमा पठाउन सकियोस् ।

ऋमेरिकी अन्तरीक्ष संस्था नासाले पृथ्वीको नजिकबाट गुज्रिने चट्टान अर्थात् नियर अर्थ अब्जेक्ट्समाथि निगरानी राख्ने गर्दछ । यदि कुनै चट्टान पृथ्वीभन्दा १.३ एस्ट्रोनोमिकल युनिटको दूरी अर्थात् पृथ्वी र सूर्यबीचको दूरी भन्दा १.३ गुणा धेरै दूरीसम्म आउँदछ भने त्यो नासाको राडारमा देखा पर्दछ । अहिलेसम्म नासाले पृथ्वीको आसपास ८ हजार भन्दा धेरै नियर अर्थ अब्जेक्ट्स दर्ज गरिसकेको छ ।

नासाले दर्ज गरेका नियर अर्थ अब्जेक्ट्समा कतिपय क्षुद्रग्रहहरु यस्ता छन् जो ४६० फिट व्यास भनदा पनि ठूलो आकारका छन् । यदि यतिठूलो आकारको कुनै चट्टान अमेरिकामा खस्यो भने त्यसले अमेरिकाको कुनैपनि राज्यलाई पूर्णरुपमा ध्वस्त पार्न सक्दछ । यदि यो समुद्रमा खस्यो भनेपनि यसले ठूलो सुनामी ल्याउन सक्दछ ।

यद्यपि खासाका अनुसार पृथ्वीको चारैतर्फ परिक्रमा गरिरहेका ८ हजार चट्टानमध्ये एउटा पनि चट्टान आगामी १ सय वर्षभित्र पृथ्वीसँग ठक्कर खानेवाला छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो