2026-09-28 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

‘फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

भदौ ७, न्युयोर्क | एजेन्सी | फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाको पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा १७ जनाको हत्या गरेकोमा दोषी स्वीकार गरेका थिए ।

उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय सुनाइने भन्ने बारेमा सुनुवाइले निर्धारण गर्नेछ । यो गोलीकान्ड अमेरिकामा निर्णायक फैसलामा पुग्ने सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । 

सोमबार क्रुजका मुख्य वकिल मिलिसा म्याक नेलले आमाको कोखमा हुँदा क्रुजलाई लागूऔषध र मदिरामा एक्सपोज गरिएको र यो नरसंहारको कारक भएको बताइन् ।

आक्रमणकारीलाई क्षतिग्रस्त व्यक्ति भन्दै उनले भनिन्, ‘उसको मस्तिष्क अपरिवर्तनीय रूपमा टुटेको थियो । ’ उनले अगाडि थपिन, ‘अपराधका पछाडिका मानिसलाई हामीले चिन्नु आवश्यक छ’, सात पुरुष, पाँच महिला र १० वैकल्पिक न्यायाधीशहरूको निर्णायक मण्डलअगाडि म्याक नेलले भनिन् । आमाले ड्रग्सको दुरुपयोग गरेकी क्रुजकी सौतेनी बहिनी डेनियल वुडर्डले जानकारी दिइन् ।

कार चोरीको मुद्दामा सुनुवाई कुरिरहेकी वुडर्डले आफ्नी आमालाई ‘भयंकर’ बताएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेखु–मुग्लिङ सडकखण्ड सञ्चालनमा दशैँ–तिहारअघि पृथ्वी राजमार्ग सञ्चालनयोग्य बनाउन सांसद आशिका तामाङको माग सरकारको पक्राउ शैलीप्रति प्रचण्डको आपत्ति, ‘मूल्य धेरै ठूलो चुकाउनुपर्छ’ दुर्गा प्रसाईं फेरि पक्राउ बाढीपहिरोको क्षतिप्रति सरकारको ध्यानाकर्षण, सांसद अर्यालले मागिन् तत्काल उद्धार र पुनर्स्थापना मनाङमा जनताको अवस्था भयावह छ : सांसद गुरुङ थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला