2026-09-28 12:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ?

भदौ ३०, काठमाडौँ | एजेन्सी | प्रिन्स ह्यारीले आज आफ्ना भाइ विलियम र राजा चाल्र्सलाई बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म दिवंगत रानी एलिजाबेथ द्वितीयको कफिन लैजाने शव यात्रामा सामेल भएका छन् । शव यात्रामा राजा चाल्र्स र राजकुमार विलियमले औपचारिक सैन्य पोशाक लगाएका थिए भने ह्यारी ‘शोक पोसाक’ मा देखा परे ।

प्रिन्स ह्यारी र उनकी श्रीमती मेघन मार्कलले २०२० मा आफ्नो शाही कार्यहरू छोडेकाले सैन्य वर्दी लगाउने अधिकार छैन । ह्यारी र मेघन हाल शाही कर्तव्यबाट विमुख हुँदै गएका छन् । आफ्नो शाही कर्तव्यहरूमा पूर्ण–समय समर्पित गर्ने विलियम अब सिंहासनको अर्को लाइनमा छन् ।

ससेक्स अफ ड्युक ह्यारी वेस्टमिन्स्टर हलमा हुने अन्तिम उपस्थितिसहति स्वर्गीय रानीको अन्त्येष्टिसम्मका पाँच परम्परागत कार्यक्रमहरूमा कुनै पनि सैन्य पोसाक लगाउन अनुमति दिइने छैन ।

३७ वर्षीय ह्यारीले अन्तिम संस्कार नहुन्जेलसम्मका सबै परम्परागत कार्यक्रममा शोकाकुल झल्किने पोसाक लगाउने उनका प्रवक्ताले बताएका छन् । ‘प्रिन्स ह्यारी, ससेक्सको ड्यूकले आफ्नी हजुरआमाको सम्मानमा हुने कार्यक्रममा शोक झल्काउने लुगा लगाउनेछन्’, उनका प्रवक्ताले भने । सेनामा आफ्नो १० वर्षे सेवा अवधिमा राजकुमार ह्यारी क्याप्टेनको दर्जामा पुगेका थिए र अफगानिस्तानमा दुई ओटा भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थुनिएको मर्स्याङ्दीको बहाव खुल्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह