2026-10-25 05:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

महारानीको शव यात्रामा ह्यारीले किन सैन्य पोसाक लगाउन पाएनन् ?

भदौ ३०, काठमाडौँ | एजेन्सी | प्रिन्स ह्यारीले आज आफ्ना भाइ विलियम र राजा चाल्र्सलाई बकिंघम प्यालेसबाट वेस्टमिनिस्टर हलसम्म दिवंगत रानी एलिजाबेथ द्वितीयको कफिन लैजाने शव यात्रामा सामेल भएका छन् । शव यात्रामा राजा चाल्र्स र राजकुमार विलियमले औपचारिक सैन्य पोशाक लगाएका थिए भने ह्यारी ‘शोक पोसाक’ मा देखा परे ।

प्रिन्स ह्यारी र उनकी श्रीमती मेघन मार्कलले २०२० मा आफ्नो शाही कार्यहरू छोडेकाले सैन्य वर्दी लगाउने अधिकार छैन । ह्यारी र मेघन हाल शाही कर्तव्यबाट विमुख हुँदै गएका छन् । आफ्नो शाही कर्तव्यहरूमा पूर्ण–समय समर्पित गर्ने विलियम अब सिंहासनको अर्को लाइनमा छन् ।

ससेक्स अफ ड्युक ह्यारी वेस्टमिन्स्टर हलमा हुने अन्तिम उपस्थितिसहति स्वर्गीय रानीको अन्त्येष्टिसम्मका पाँच परम्परागत कार्यक्रमहरूमा कुनै पनि सैन्य पोसाक लगाउन अनुमति दिइने छैन ।

३७ वर्षीय ह्यारीले अन्तिम संस्कार नहुन्जेलसम्मका सबै परम्परागत कार्यक्रममा शोकाकुल झल्किने पोसाक लगाउने उनका प्रवक्ताले बताएका छन् । ‘प्रिन्स ह्यारी, ससेक्सको ड्यूकले आफ्नी हजुरआमाको सम्मानमा हुने कार्यक्रममा शोक झल्काउने लुगा लगाउनेछन्’, उनका प्रवक्ताले भने । सेनामा आफ्नो १० वर्षे सेवा अवधिमा राजकुमार ह्यारी क्याप्टेनको दर्जामा पुगेका थिए र अफगानिस्तानमा दुई ओटा भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने