५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

समुद्रभित्र भेटियो विशाल जंगल, अमेजनको भन्दा ठूलो क्षेत्रफल

४ आश्विन २०७९, मंगलवार ०८:५१

असोज ४, काठमाडौँ | एजेन्सी | यी विश्वका सबैभन्दा ठूला र चर्चित जंगल मध्ये एक हुन् । तपाईंले कहिल्यै समुद्र भित्र कुनै जंगलबारे सुन्नुभएको छ ? विश्वका थुप्रै स्थानमा समुद्रभित्र जंगल छन्, जसको हालै नक्सा बनाइएको छ । यी सबै जंगलको आकार हेर्ने हो भने यो भारतको क्षेत्रफलभन्दा दोब्बर हुनेछ ।


ठूल्ठूला जंगल पनि छन् । रुसदेखि क्यानडासम्म फैलिएको बोरियल जंगल । र तपाईंलाई पानीभित्र भएका कति जंगल बारे थाहा छ ? समुद्रभित्र ठूल्ठूला केल्प र समुद्री वीडका जंगल छन् । त्यो पनि पहिला सोचेभन्दा थुप्रै गुणा ठूला र घना । यसभित्र ठूलो परिमाणमा विभिन्न प्रकारका समुद्री जीव–जन्तुका प्रजाति पनि बस्छन् ।

दक्षिण अफ्रिकाको तट मुनी ग्रेट अफ्रिकन सिफरेस्ट र अष्ट्रेलिया नजिकै ग्रेट साउदर्न रिफ अवस्थित छन् । विश्वभरिका समुद्रमा थाहा छैन यस्ता कति जंगल छन् जसको न त कुनै नाम छ न कसैलाई यसबारे केही थाहा छ । एक नयाँ अनुसन्धानमा विश्वभरी कति जंगल छन् भन्ने खुलासा भएको छ । यसको नक्सा पनि बनाइएको छ जुन तपाईंले यहाँ देख्न पनि सक्नुहुनेछ । यो शोध ग्लोबल इकोलोजी एन्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित भएको छ ।

Hidden Forests Found Deep Beneath The Ocean Cover Twice The Area of India :  ScienceAlert

जमिनको झैँ समुद्रको जंगल पनि नराम्रोसँग जलिरहेका छन्

यो अनुसन्धानमा के पनि बताइएको छ भने उच्च तापक्रमका कारण जमिनका जंगल मात्रै नभई समुद्र भित्रका जंगल पनि जलिरहेका छन् । यदि तपाईंले पानीभित्र पनि केही कुरा कसरी जल्छ भनेर सोचिरहनुभएको छ भने समुद्रमा बढ्दो तापक्रमका कारण यी जंगलको इकोलोजी खराब भइरहेका छन् । जलवायु परिवर्तनका कारण ती विकसित हुने र कार्बन सोस्ने क्षमता कम हुँदै गइरहेको छ ।

के हुन् समुद्री जंगल, कस्ता खालका बोट–बिरुवा हुन्छन् ?

समुद्री जंगल साधारणतया सी विडले बनेका हुन्छन् । यो एक प्रकारको लेऊ हो ।  यो सूर्यको ऊर्जा र कार्बन डाइअक्साइडमार्फत् फोटोसिन्थेसिस गरेर विकसित हुन्छ । राम्रो सी विड हो भने त यो दसौँ मिटर उचाईसम्म फैलन सक्छ । यो जंगल ठूलो इलाकामा फैलिएको हुन्छ । पानीको लहरसँगै यी जंगल बिस्तारै हिँड्दै–डुल्दै गर्छन् । जमिनमा जसरी जंगलमा विभिन्न खालका जनावर बस्छन्, त्यसै गरी समुद्री जंगलमा विभिन्न प्रजाति बस्छन् ।


समुद्री बाँस पनि हुन्छन्, जुन जमिनमा पाइने बाँसजस्तै लामा हुन्छन्

यी समुद्री जंगलमा समुद्री बाँस र समुद्री घाँस पनि पाइन्छन् । समुद्री बाँस जमिनमा पाउने बाँसजस्तै लामा हुन्छन् । जबकी समुद्री घाँस ग्यासले भरिएको आकृति हुन्छन् जुन बेलुन जस्तै हुन्छन् । यी जंगलमा फैलिएर ग्यास, अक्सिजन र कार्बन डाइअक्साइडको सन्तुलन स्थापित गर्छन् । यी असाध्यै बलिया हुन्छन् । यसैकारण यी समुद्री लहर झेलेर सूर्यको किरणतर्फ बढ्न सक्छन् । अष्ट्रेलियाको ग्रेट साउदर्न रिफमा गोल्डेन केल्प व्यापक फैलिएका छन् ।

कति ठूलो छ जंगल र कति तीब्र गतिमा फैलिन्छ

सी विड्स तीब्र गतिमा फैलने र बढ्ने बिरुवा हो । तर अहिलेसम्म यो कति इलाकामा फैलिएको छ भनेर पत्ता लगाउन सकिएको छैन । जमिनमा जंगलको नाप–तौल सेटलाइट्समार्फत् हुन्छ । तर पानीभित्र यो मुश्किल छ । किनभने धेरैजसो सेटलाइट्स समुद्र भित्रको म्यापिङ गर्न सक्दैनन् । त्यसैले यो अनुसन्धानमा वैज्ञानिकले विश्वभरीका समुद्री जंगल, सी विड्स आदिको डाटा अनुसन्धान गरे । रिसर्च पेपर पढे । दस्तावेज हेरे । देशका स्थानीय डाटा अनुसन्धान गरे । त्यसपछि विश्वभरी ६० देखि ७२ लाख वर्ग किलोमिटर समुद्री जंगल छन् भन्ने तथ्य पत्ता लाग्यो । यो अमेजनभन्दा पनि ठूलो हो ।

समुद्री जंगलको काम के हो ?

धर्तीमा पैदा हुने २४०० गिगाटन ग्रीनहाउस ग्यासबाट निस्कने सबै गर्मी हाम्रो समुद्रले सोस्छन् । यस्तोमा समुद्री जंगलले ठूलो समस्याको सामना गर्नुपरिरहेको छ । यी सबै समुद्री जंगल नष्ट भइरहेका छन् । सबैभन्दा खराब स्थिति पश्चिमी अष्ट्रेलिया, पूर्वी क्यानडा र क्यालिफोर्नियाको समुद्री जंगलको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता