2026-09-28 11:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

रुस–युरोप विवादले कतारलाई फाइदा

असोज ९, काठमाडौं | एजेन्सी | युक्रेनमाथि रुसले गरेको आक्रमणको विषयलाई लिएर भएको विवादको फाइदा भने खाडी मुलुक कतारलाई पुगेको छ।

फ्रान्सको ऊर्जा कम्पनी टोटल इनर्जीजले शनिबार कतारमा प्राकृतिक ग्याससँग सम्बन्धित एक परियोजनामा करिब १ अर्ब ५० करोड डलर लगानी गर्ने सम्झौता गरेको छ।

German leader seeks energy deals, alliances on Gulf trip - The San Diego  Union-Tribune

समाचार एजेन्सी एएफपीले उल्लेख गरेअनुसार फ्रान्सेली कम्पनीको यो कदमलाई रुसी ग्यासप्रतिको निर्भरता घटाउने युरोपेली मुलुकको कदमको रुपमा हेरिएको छ। 

कतारका ऊर्जामन्त्री शाद शेरिदा अल काबीले टोटल इनर्जीजका प्रमुख कार्यकारी पेट्रिल पायानकेसँगको पत्रकार सम्मेलनमा बोल्दै यो सम्झौताबाट फ्रान्सेली कम्पनीले ९.३ प्रतिशतको शेयर दिइने बताए।

कतारको ग्यास ब्लकमा कुनै विदेशी कम्पनीको यो पहिलो हिस्सेदारी हो। 

ऊर्जामन्त्रीले कम्पनीको २५ प्रतिशतको हिस्सेदारी विदेशी कम्पनीको लागि सुरक्षित राखिने बताए। कतार विश्वको सबैभन्दा धेरै प्राकृतिक ग्यास उत्पादन गर्ने मुलुकमध्येको एक हो।

यसअघि युरोपले कतारसँग प्राकृतिक ग्यास खरिद गर्न अस्वीकार गर्दै आएको थियो। तर, युक्रेन युद्ध सुरु भएसँगै रुसले गरेको नाकाबन्दीको कारण युरोपेली मुलुक कतारबाट ग्यास खरिदका लागि राजी भएका हुन्। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह