असोज २७, किभ | एजेन्सी | राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २७, किभ | एजेन्सी | राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निक"/>
2026-09-28 10:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गराउने कार्यको राष्ट्रसंघले गर्‍यो निन्दा, भारत र चीन मतदानमा अन

असोज २७, किभ | एजेन्सी | राष्ट्रसंघको महासभाले युक्रेनका चार क्षेत्रलाई रुसमा बिलय गर्ने रुसी कार्यको निन्दा गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । प्रस्तावलाई १४३ देशहरूले समर्थन गरेका थिए । चीन र भारतसहित ३५ देश मतदानमा सहभागी भएनन् । रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत साता क्रेमलिनमा आयोजित एक भव्य समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनी क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेरसनलाई रुसमा गाम्नेसम्बन्धी एउटा दस्तावेजमा हस्ताक्षर गरेका थिए । सम्झौतामा चार क्षेत्रका मस्कोले स्थापित गरेका नेताहरूसँग हस्ताक्षर गरिएको थियो । त्यसअघि रुसले ती क्षेत्रमा स्व–घोषित जनमत संग्रह गरेको थियो । कथित जनमत संग्रहको पश्चिमा देशहरूले निन्दा गरेका थिए । 

प्रस्तावले अन्तर्राष्ट्रिय समुदायलाई रुसको विलयको कुनै पनि दाबीलाई मान्यता नदिन र यसलाई ‘तत्काल उल्टाउन’ माग गरेको छ । यसले वार्ताको माध्यमबाट द्वन्द्वलाई कम गर्ने प्रयासको स्वागतसमेत गरेको छ । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई समर्थन गर्ने देशहरूप्रति आभार व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह