2026-09-28 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

विश्वकपको तयारीबीच १० हजार कर्मचारी भर्ना गर्दै कतार एयरवेज

असोज २८, दोहा (कतार) । कतार एयरवेजले आफ्नो कार्यबलमा १० हजार कर्मचारी थप्दैछ । कतारले फिफा विश्वकपको तयारी भइरहँदा भुटबलको महाकुम्भ हेर्न विश्वभरबाट हुने यात्राको माग धान्न अनि कोरोना भाइरसको महामारी मत्थर हुँदै गएसँगै सीमा आरपार यात्रा बढेको समयमा कम्पनीले आफ्नो कार्यबल १० हजारले बढाउन लागेको हो ।

कम्पनीको कर्मचारी भर्तीको योजनाले हाल झन्डै ४५ हजार रहेको कम्पनीको कर्मचारी संख्या बढेर ५५ हजार माथि पुग्ने आफ्नो नाम नखुलाउने शर्तमा कतार एयरवेजका प्रवक्ताले बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार छापेको छ ।

कोभिड मत्थर भएको अनि विश्वकपको तयारी तीव्र दरमा अगाडि बढिरहेको समयमा कतार एयरवेज वृद्धिको पथमा रहेको र यसले कम्पनीको हरेक क्षेत्रमा कर्मचारीको भर्ती गरिरहेको यही हप्ता रोयटर्सलाई पठाइएको एक विज्ञप्तिमा कम्पनीले भनेको थियो । नयाँ भर्ना गरिने कर्मचारीमध्ये कतिको जागिर स्थायी हुने भन्नेबारे कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।

कोरोना भाइरसको महामारी उत्कर्षमा रहँदा यात्रा गन्तव्य ३३ कटौती भएर ३३ ओटा शहरमा सीमित भएपछि कम्पनीले कर्मचारीको संख्या घटाएर ३७ हजारभन्दा मुनि ल्याएको थियो । तर, हवाई सेवा सञ्चालन पुनः सामान्य रूपमा फर्किन थालेपछि भने कम्पनीले विस्तारै कर्मचारी भर्ना बढाएको थियो ।

कर्मचारी भर्ती कार्यक्रमहरू फिलिपिन्स, भारत र अन्य देशहरूमा हुने बताइएको छ । नोभेम्बर २० मा कतारमा विश्वकप शुरु भएपछि नयाँ कर्मचारीमध्ये कतिलाई राखिने भन्ने पनि स्पष्ट भइसकेको छैन । विश्वकपको समयमा कतार एयरवेजले माग धान्नका लागि अन्यत्रको उडान रद्द वा कम गरेर दोहोर आइपुग्ने अतिरिक्त उडानको संख्या बढाएको छ ।

प्रतियोगिता हेर्न आउने दर्शकहरूबाट हुने तीव्र मागको व्यवस्थापन ठूलो चुनौती हुने यही वर्षको शुरुमा कतार एयरवेजका सीईओ अकबर अल बकेरले बताएका थिए । एक महिनासम्म प्रतियोगितामा कतारमा करीब १२ लाख आगन्तुक आउने अनुमान गरिएको छ । प्रतियोगिताले कतारको पूर्वाधार, आतिथ्य र सुरक्षा क्षेत्र सबैलाई दबाबमा राख्ने अनुमान गरिएको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह