2026-09-28 10:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बाइडेनले पाकिस्तानलाई ‘संसारको सबैभन्दा खतरनाक देश’ भनेपछि…

असोज ३०, काठमाडौँ | अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तानलाई ‘विश्वको सबैभन्दा खतरनाक देशहरुमध्ये एक’ भनेपछि पाकिस्तानले असन्तुष्टि जनाएको छ । पाकिस्तानका विदेश मन्त्रीले यस विषयमा पाकिस्तानका लागि अमेरिकी राजदूतलाई बोलाएर असन्तुष्टि जनाएको बताएका छन् । 

पाकिस्तानसँग रहेको आणविक हतियारको सुरक्षामा प्रश्न उठाउँदै  बाइडेनले पाकिस्तान खतरनाक मुलुक भएको बताएका थिए । ७९ वर्षीय बाइडेनले बिहीबार ‘डेमोक्रयाटिक कंग्रेसनल क्याम्पेन कमिटी’को उद्घाटन समारोहमा उक्त टिप्पणी गरेका थिए । त्यहाँ उनले युक्रेन युद्ध, चीन र अमेरिकी घरेलु मुद्दाका विषयहरुमा बोलेका थिए । 

बाइडेनले सम्बोधनमा भनेका थिए– ‘सी जिनपिङलाई आफूले के चाहेका भन्ने राम्ररी थाहा छ तर उनी विशाल समस्याहरुबाट घेरिएका छन् ? हामीले यो कुराको सामना कसरी गर्नुपर्छ ? त्यस्तै रूसमा जे भइरहेको छ त्यसका सम्बन्धमा यसको सामना कसरी गर्नुपर्छ ? मेरो विचारमा सम्भवत संसारको सबैभन्दा खतरनाक राष्ट्रहरुमध्ये एक हो– पाकिस्तान, जो सबल मुलुक नभएर पनि आणविक हतियार बोकेर बसेको छ ।’

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो–जरदारीले शनिबार दक्षिणी बन्दरगाह सहर कराँचीमा एक पत्रकार सम्मेलनमा बाइडेनको बयानबाट आफू ‘आश्चर्यचकित’ परेको बताए ।  ‘यदि आणविक सुरक्षाको बारेमा कुनै प्रश्न छ भने, त्यो हाम्रो छिमेकी भारतसँग सोध्नुपर्छ, जसले भर्खरै दुर्घटनावश पाकिस्तानी क्षेत्रमा मिसाइल हानेको थियो,’ भुट्टो–जरदारीले मार्च ९ मा पाकिस्तानमा भारतले झुक्किएर हानेको सुपरसोनिक मिसाइललाई इंगित गर्दै भने । 

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यसअघि नै बाइडेनको भनाइको खण्डन गर्दै आफ्नो देश ‘जिम्मेवार आणविक राज्य’ भएको दाबी गरे । ‘हाम्रा आणविक सम्पत्तिहरु आईएईएले तोकेको मापदण्डअनुसार उत्कृष्ट सुरक्षाका साथ रहेका छन् । हामी आणविक हतियारको सुरक्षाप्रति अत्यन्त गम्भीरता छौं । कसैलाई शंका नहोस्,’ उनले ट्वीट गरेका छन् ।

उता शनिबार, ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन–पियरेले बाइडेनको पाकिस्तानसम्बन्धी टिप्पणीबारे प्रष्ट पार्ने क्रममा ‘राष्ट्रपतिले सुरक्षित र समृद्ध पाकिस्तान अमेरिकी हितको लागि महत्वपूर्ण रहेको मान्ने गरेको’ बताइन् । 

पाकिस्तानका सैन्य प्रमुख जनरल कमर बाजवा अमेरिका भ्रमणमा गएर उच्चस्तरीय भेटवार्ता गरेको एक हप्ताभन्दा केही पछि यो विवाद देखिएको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पनि शनिबार बाइडेनको टिप्पणीको विरोध गर्दै अमेरिकी राष्ट्रपति ‘अनावश्यक निष्कर्षमा’ पुगेको बताए । अघिल्लो दशक पाकिस्तानले आफ्नो आर्थिक र रक्षा आवश्यकता पुरा गर्न चीनतर्फ नजिकिएपछि वाशिंगटनसँगको सम्बन्धमा क्रमशः चिसोपना आएको छ । अमेरिकी अधिकारीहरुले विभिन्न अवसरमा आफ्नो पुरानो मित्र शक्ति पाकिस्तानबारे तिक्तता व्यक्त गर्न थालेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह