2026-10-25 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

९९ बालबालिकाको मृत्युपछि इन्डोनेशियामा सबै खालका झोल औषधिमाथि प्रतिबन्ध

कात्तिक ४, काठमाडौँ | झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।

द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो।

Indonesia bans all syrup medicines after death of 99 children - BBC News

केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण ९९ बालबालिकाको ज्यान गएको इन्डोनेशियाको दाबी छ।

इन्डोनेशियामा प्रतिबन्धित औषधिहरू विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन।

बिहीवार इन्डोनेशियाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार त्यहाँ झन्डै २०० बालबालिकामा एकेआई देखिएको छ। तीमध्ये अधिकांश पाँच वर्षभन्दा कम उमेर समूहका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो महिनाको सुरुतिर द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।

औषधि कि विष?

एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ “अस्वीकार्य मात्रा”मा भएको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका अनुसार ती सिरपहरूले “अक्यूट किड्नी इन्जरी” गराएको हुनसक्ने ठानिएको छ।

इन्डोनेशियाका स्वास्थ्यमन्त्रीले बिहीवार स्थानीय रूपमा प्रयोग हुने केही औषधिहरूमा पनि उस्तै रासायनिक पदार्थ भेटिएको बताएका छन्।

“एकेआई भएका पाँच वर्षभन्दा कम उमेरका बिरामीहरूमा प्रयोग गरिएको केही सिरपहरूमा एथलीन ग्लाइकोल र डाईएथलीन ग्लाइकोल समावेश भएको पुष्टि भएको थियो। ती सिरपमा त्यस्ता पदार्थ हुनु हुँदैनथ्यो, वा निकै कम मात्रामा हुनुपर्थ्यो,” बुदी गुनादी सादिकिनले भने।

यद्यपि उनले कतिजना बिरामीमा विषाक्त औषधि प्रयोग भयो भन्ने कुरा खुलाएनन्।

द गाम्बियामा प्रयोग गरिएको खोकीको सिरप इन्डोनेशियामा बिक्री नभएको अधिकारीहरूले बताएका छन्।

एक महामारीविज्ञले मृत्यु हुने बालाबालिकाको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन्।

“यस्ता घटनाहरू हुँदा सतहमा जे हुन्छ त्यो मात्र देखिन्छ। त्यसको मतलब त्यहाँ नदेखिएका पीडितहरू धेरै हुन सक्छन्,” ग्रिफिथ विश्वविद्यालयका महामारी विज्ञ डिकी बुडिमानले बीबीसी इन्डोनेशियालाई भने।

इन्डोनेशियाली अधिकारीहरूले अहिलेसम्म बिरामी बच्चाहरूले प्रयोग गरेका सिरप औषधिहरूको ब्रान्ड वा प्रकारबारे कुनै जानकारी दिएका छैनन्। अस्थायी रूपमा सबै सिरप र झोल औषधि सिफारिस र बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने