2026-09-26 09:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

९९ बालबालिकाको मृत्युपछि इन्डोनेशियामा सबै खालका झोल औषधिमाथि प्रतिबन्ध

कात्तिक ४, काठमाडौँ | झन्डै १०० बालबालिकाको मृत्यु भएपछि इन्डोनेशियामा सबै खालका सिरप तथा झोल औषधि बेच्न रोक लगाइएको छ।

द गाम्बियामा ७० बालबालिकाको मृत्यु भएको घटनामा खोकीको औषधिको सम्बन्ध रहेको पाइएको केही सातापछि इन्डोनेशियामा उक्त निर्णय लिइएको हो।

Indonesia bans all syrup medicines after death of 99 children - BBC News

केही सिरप औषधिमा मिर्गौलामा गम्भीर असर पार्ने अक्यूट किड्नी इन्जरी (एकेआई) गराउने पदार्थहरू फेला परेको र त्यसैका कारण ९९ बालबालिकाको ज्यान गएको इन्डोनेशियाको दाबी छ।

इन्डोनेशियामा प्रतिबन्धित औषधिहरू विदेशबाट आयात गरिएका हुन् वा स्थानीय उत्पादन हुन् भन्ने कुरा भने स्पष्ट पारिएको छैन।

बिहीवार इन्डोनेशियाका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार त्यहाँ झन्डै २०० बालबालिकामा एकेआई देखिएको छ। तीमध्ये अधिकांश पाँच वर्षभन्दा कम उमेर समूहका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यो महिनाको सुरुतिर द गाम्बियामा झन्डै ७० बालबालिकाको मृत्युको कारणसँग सम्बन्धित देखिएको भन्दै खोकीका चारवटा औषधिबारे विश्वव्यापी चेतावनी जारी गरेको थियो।

औषधि कि विष?

एउटा भारतीय औषधि कम्पनीले उत्पादन गरेका ती सिरपहरूमा डाईएथलीन ग्लाइकोल र एथलीन ग्लाइकोलजस्ता पदार्थ “अस्वीकार्य मात्रा”मा भएको डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओका अनुसार ती सिरपहरूले “अक्यूट किड्नी इन्जरी” गराएको हुनसक्ने ठानिएको छ।

इन्डोनेशियाका स्वास्थ्यमन्त्रीले बिहीवार स्थानीय रूपमा प्रयोग हुने केही औषधिहरूमा पनि उस्तै रासायनिक पदार्थ भेटिएको बताएका छन्।

“एकेआई भएका पाँच वर्षभन्दा कम उमेरका बिरामीहरूमा प्रयोग गरिएको केही सिरपहरूमा एथलीन ग्लाइकोल र डाईएथलीन ग्लाइकोल समावेश भएको पुष्टि भएको थियो। ती सिरपमा त्यस्ता पदार्थ हुनु हुँदैनथ्यो, वा निकै कम मात्रामा हुनुपर्थ्यो,” बुदी गुनादी सादिकिनले भने।

यद्यपि उनले कतिजना बिरामीमा विषाक्त औषधि प्रयोग भयो भन्ने कुरा खुलाएनन्।

द गाम्बियामा प्रयोग गरिएको खोकीको सिरप इन्डोनेशियामा बिक्री नभएको अधिकारीहरूले बताएका छन्।

एक महामारीविज्ञले मृत्यु हुने बालाबालिकाको वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने जनाएका छन्।

“यस्ता घटनाहरू हुँदा सतहमा जे हुन्छ त्यो मात्र देखिन्छ। त्यसको मतलब त्यहाँ नदेखिएका पीडितहरू धेरै हुन सक्छन्,” ग्रिफिथ विश्वविद्यालयका महामारी विज्ञ डिकी बुडिमानले बीबीसी इन्डोनेशियालाई भने।

इन्डोनेशियाली अधिकारीहरूले अहिलेसम्म बिरामी बच्चाहरूले प्रयोग गरेका सिरप औषधिहरूको ब्रान्ड वा प्रकारबारे कुनै जानकारी दिएका छैनन्। अस्थायी रूपमा सबै सिरप र झोल औषधि सिफारिस र बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। बिबिसिबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह