2026-09-28 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चक्कु प्रहारपछि सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुम्यो, एउटा हात नचल्ने

कात्तिक ७, काठमाडौँ | यसै वर्ष अगस्टमा चक्कु प्रहारका कारण लेखक सलमान रुस्दीको एउटा आँखाको दृष्टि गुमेको छ । उनका एजेन्टले यसबारे जानकारी दिएका छन् र रुस्दीले अब एक हातले काम गर्न नसक्ने बताएका छन् ।

रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले स्पेनिस पत्रिकालाई भने, “उहाँको छातीमा १५ वटा भन्दा बढी चोट लागेको थियो। यो एकदमै क्रूर आक्रमण थियो।” वाइलीले भने कि उनी अहिले सलमान रुस्दी कहाँ बसिरहेका छन् भन्न सक्दैनन्। रुस्दीमाथि न्यूयोर्कमा आक्रमण भएको थियो ।

रुस्दीलाई सन् १९८८ मा उनको उपन्यास द सैटानिक भर्सेसदेखि ज्यान मार्ने धम्की आएको थियो। केही मुस्लिमहरूले यस पुस्तकलाई ईश्वरनिन्दाको रूपमा हेर्छन्। उपन्यास प्रकाशित भएपछि रुस्दी १० वर्षसम्म लुकेर बस्न बाध्य भए ।

रुस्दीमाथि आक्रमण गर्ने व्यक्ति अमेरिकी मूलका २४ वर्षीय हादी मथरको रूपमा चिनिन्छन्। हाल उनी प्रहरी हिरासतमा छन् ।

“उनको एउटा आँखाको दृष्टि गुम्यो। उनको घाँटीमा तीनवटा गम्भीर चोट लागेको थियो। हातको नसा काटिएका कारण एउटा हातले पनि काम गर्न छोडेको छ,” वाइलीले अखबारसँगको अन्तर्वार्तामा भने।

रुस्दी अझै अस्पतालमै छन् वा छैनन् भन्ने विषयमा वाइलीले भने, “म उहाँको बारेमा यो जानकारी दिन सक्दिन। उहाँ बाँच्नुहुनेछ … यो बढी महत्त्वपूर्ण छ।”

रुस्दीलाई अगस्ट १२ मा न्यूयोर्कमा एक कार्यक्रममा सम्बोधन गर्न लाग्दा आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह