2026-09-28 09:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

गुजरातमा पुल भत्किएर १४१ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ

कात्तिक १५,  काठमाडौँ | भारतको पश्चिमी गुजरात राज्यमा आइतवार पुल भत्किएको घटनामा नौ जना पक्राउ परेका छन्। झोलुङ्गे पुल भत्किँदा १४१ जनाको मृत्यु भएको थियो।

पक्राउ परेकाहरू सबै गुजरातको विद्युतीय उपकरण निर्माता ओरेवासँग सम्बन्धित व्यक्तिहरु हुन् जसले हालसालै मोरबी सहरको २३० मिटर लामो उक्त पुलको मर्मत गरेका वरिष्ठ प्रहरी अधिकारी अशोक कुमार यादवले बताए। मर्मतपछि गत साता मात्रै पुल सर्वसाधारणको लागि खोलिएको थियो।

गुजरातमा पुल भत्किएर १३४ जनाको मृत्यु भएको घटनामा नौ जना पक्राउ

नौ जनामध्ये​दुई प्रबन्धक, दुई टिकट क्लर्क, दुई ठेकेदार र तीन सुरक्षा गार्ड रहेको यादवले जानकारी दिए। उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको उनले बताए।

स्थानीय समय अनुसार आइतवार साँझ साढे ६ बजेतिर साँघुरो पुल भत्किँदा ३० बालबालिकासहित १४१ जनाको मृत्यु भएको थियो। गुजरातका गृहमन्त्री हर्ष संघवीका अनुसार त्यसबेला पुलमा करिब २०० व्यक्ति रहेको अनुमान गरिएको छ। पुलको एक छेउको तार चुडेर दुर्घटना भएको उनले बताए।

औपनिवेशिक युगको सो पुल १९औँ शताब्दीमा भारतमा ब्रिटिश शासनको समयमा निर्माण गरिएको थियो। स्थानीय रूपमा जुल्टो पुलको नामले परिचित सो संरचना लोकप्रिय पर्यटक आकर्षण हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह