2026-09-28 07:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

चमेराको मासु खाएर भिडियो सार्वजनिक गर्ने महिला पक्राउ

कात्तिक २८, काठमाडौं | थाइल्यान्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् । सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ (मसालेदार र स्वादिष्ट खानुहोस्)“ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोस्ट गरिन ।

भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी थिइन् जसमा धेरै मरेका चमेराहरू थिए। उनले मरेका जनावरहरू मध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन ।

समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छिन् । उत्तरी थाइल्यान्डको लाओस सीमानजिकको एउटा बजारबाट उनले उक्त चेमेरा  किनेकी थिइन् । उनले आफ्नो खानेकुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क–कोभ–२(जसबाट कोभिड महामारी फैलियो)  सङ्क्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।

उनको भिडियोप्रति इन्टरनेटका प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् । एक प्रयोगकर्ताले नयाँ कोरोनाभाइरसको कथित उत्पत्तिलाई औँल्याएका थिए । ‘यदि तपाई मर्दै हुनुहुन्छ भने एक्लै मर्नुहोस् । कसैले पनि तपाइलाई दोष दिनेछैन । तर, महामारी सुरु भयो भने तपाइ अभिसप्त हुनुहुनेछ’, प्रयोगकर्ताले लेखेका छन् ।

सर्वसाधारणको आक्रोशपछि उनको युट्युब च्यानलबाट भिडियो हटाइएको छ । उनी दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवान हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह