२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोकमरीको सूचकांकमा नेपाल ८१ औँ, भारत १०७ औँ स्थानमा, कुन मुलुकको अवस्था कस्तो छ ?

२०७९, १५ माघ आईतवार १२:१६

माघ १५, काठमाडौँ | ‘ग्लोबल हंगर इन्डेक्स’ (जीएचआई) ले सार्वजनिक गरेको विश्वव्यापी भोकमरी सूचकांकमा नेपाल ८१औँ स्थानमा रहेको छ । कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणअनुसार नेपाल उक्त स्थानमा देखिएको हो ।

सूचांकअनुसार नेपाल भोकमरीको अवस्थामा क्रमिक रूपमा सुधार हुँदै गएको छ ।


हाल नेपालको ग्लोबल हंगर सूचकांक स्कोर १९.१ रहेको छ । जुन स्कोरले नेपालमा मध्यम स्तरको भोकमरी रहेको जनाउँछ । सर्वेक्षणअनुसार सन् २००० मा नेपालमा भोममरीको अवस्था गम्भीर थियो । सन् २००७ देखि १४ सम्ममा नेपालमा भोममरीको अवस्था गम्भिर देखिएपनि सुधारन्मुख रहेको थियो ।

दक्षिण एशियाली मूलुकमध्ये नेपालको अवस्था भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानभन्दा राम्रो देखिएको छ । श्रीलंका भने नेपालभन्दा राम्रो देखिएको छ । श्रीलंका १३.६ स्कोर सहित ६४औँ स्थानमा रहेको छ ।

यस्तै भारत २९.१ अंक सहित १०७औँ स्थानमा रहेको छ ।  पाकिस्तान २६.१ अंक सहित ९९औँ स्थानमा र अफगानिस्तान २९.९ अंक सहित ११९औँ स्थानमा रहेको छ ।

ग्लोबल हंगर इन्डेक्स विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको व्यापक मापन र ट्र्याकिङ हो। यो कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदर समावेश गरी चार सूचकहरूद्वारा मापन गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी